site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमजीको विन्टर कार्निभल २०२४, पुराना गाडी साट्दा दश लाखसम्म बोनस

काठमाडौं । एमजीले विन्टर कार्निभल २०२४ को आयोजना गर्ने भएको छ । कम्पनीले यसै पुस ५ गतेदेखि ७ गते (डिसेम्बर २० देखि २२ तारिक)सम्म काठमाडौंको बालुवाटारस्थित स्लिभर ओकमा विन्टर कार्निभल २०२४ को आयोजना गर्न लागेको हो । कार्निभलमा एमजी, माज्दा, म्याक्सस र वुलिङ ब्रान्डको उपस्थिति रहने भएको छ ।

यसले उपभोक्तालाई विभिन्न ब्रान्ड र रेन्जका ईभीहरू एक्सचेञ्ज गर्न सकिने अवसर प्रदान गर्ने एमजीले जनाएको छ । एमजी विन्टर कार्निभलमा लक्जरी गाडी एक्सजेञ्च गर्दा दश लाख रुपैयाँसम्म बोनस मिल्ने बताइएको छ ।

अनदि स्पट फाइनान्सिङ, टेस्ट ड्राइभ, मनोरञ्जन, खाना तथा स्न्याक्स, मनोरञ्जनात्मक क्रियकलाप र किड्स प्लेजोनसहितको सुविधा कार्निभलमा रहने कम्पनीले बताएको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलका दिन लाइभ म्याच समेत प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

एमजीको नेपालका लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्सले यसले उपभोक्तालाई आफ्नो गाडी अपग्रेड गर्न राम्रो अवसर प्रदान गर्ने अपेक्षा गरेको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro