site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकहरूकै कारण समस्या निम्तिएको हो, अब सहज हुँदै जान्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले ऋण दिँदाखेरी ध्यान नदिँदा प्रोभिजन बढ्दै गएको बताएका छन् । बुधबार नेपाल बैंकर्स संघको ३८औँ वार्षिक साधारणसभाको अवसरमा अधिकारीले असल अभ्यास गर्ने बैंकहरूले राम्रो प्रतिफल दिँदै आएको बताएका हुन् ।

अबका दिनमा बैंकहरूलाई केही सहज हुँदै जाने अधिकारी बताउँछन् । अफ्ठ्यारो अवस्थालाई सहनुपर्ने उनले बताए ।

कोभिड र भूकम्पका कारण राष्ट्र बैंकले लिने नीतिमा खुकुलोपन आएको र त्यसको फाइदा उठाउन खोज्दा बैंकहरूलाई नै समस्या परेको उनको भनाइ छ ।

"बैंकलाई बचाउन हामीले काम गरिरहेका छौँ । खराब कर्जा बढ्दै जाँदा समस्या उत्पन्न भएको हो । हामीले बैंकहरूले डिभिडेन्ट घटाउन प्रोभिजन बढाएका हैनौँ," उनले भने, "बैंकको आफ्नो कारणले प्रोभिजन बढेको हो । लोन दिँदा ख्याल गर्ने बैंकहरू समस्यामा छैनन्, डिभिडेन्ट राम्रै दिएका छन् ।"

अबका दिनमा बैंकले दुःख मान्नु पर्ने अवस्था नरहेको अधिकारीको भनाइ छ । बैंकहरूले रिकोभरीलाई ख्याल गर्नुपर्ने अधिकारी बताउँछन् ।

"बैंकहरूलाई चुनौती देखिने भनेको रेगुलेटर कम्प्लायन्समा हो," गभर्नर अधिकारीले भने, "राष्ट्र बैंकले पोलेसी रेट एउटै राख्न हुँदैन । समयअनुसार करेक्सन गर्नुपर्छ । बैंकको ऋण तिर्नै पर्दैन भन्ने बजारको हल्लाले पनि समस्या निम्तिएको हो ।"

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro