site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा छ : बैंकर्स संघ अध्यक्ष केसी 

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले अहिले बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । बुधबार संघको ३८औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।
 
अर्थतन्त्रमा आएको सिथिलताका कारण कर्जा माग बढ्न नसकेको र अहिलेको अवस्थामा बैंकिङ क्षेत्रले सकस भोग्नुपरेको उनको भनाइ छ । ‘‘तरलतामा देखिएको असमानताले पनि समस्या पारेको छ । अहिले हामी सात सय अर्ब लगानीयोग्य रकम बोकेर बसेका छौँ,’’ उनले भने, ‘‘बेलाबेलामा तरलता कहिले बढी हुने कहिले कम हुँदै आएको छ । कर्मचारी बाहिरिने क्रम बढेको छ । यसले बैंकिङ क्षेत्रमा समस्या निम्त्याएको छ । यो हाम्रा लागि ठूलो चुनौती हो ।’’
 
तर, नेपाल राष्ट्र बैंकले लिने नीतिका कारण बैंकिङ क्षेत्रलाई केही हदसम्म सहज भएको उनको भनाइ छ । केसीको संघ अध्यक्षको दुई वर्षको कार्यकाल आजबाट नै सकिँदै छ । अब हालका उपाध्यक्ष सन्तोष कोइराला अध्यक्षको जिम्मवारीमा आउनेछन् । संघको उपाध्यक्ष ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मीलाई बनाउने सहमति भएको छ । 

सदस्यमा नेपाल बैंकका सीईओ तिलकराज पाण्डे, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल चयन भएका छन् । खालिङ सदस्यमा दोहोरिएका हुन् । 

संघको नयाँ कार्यसमितिमा अध्यक्ष कोइराला, उपाध्यक्ष रेग्मी, निवर्तमान अध्यक्ष सुनिल केसी, सदस्यका रूपमा प्रभु बैंकका अशोक शेरचन, नेपाल एसबीआई बैंकका दीपककुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका खालिङ, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका खनाल र नेपाल बैंकका पाण्डे छन् ।
 
संघमा २० वटा वाणिज्य बैंकका सीईओहरू सदस्य हुने व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro