site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरूलाई चेम्बरको आग्रह
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्न विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतलाई अनुरोध गरेको छ । 

नेपाल चेम्बर अफ कमर्सले आज बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले देशमा वैदेशिक लगानी भित्र्याउन तथा निर्यात सहजीकरणका निम्ति आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे । 
    
मुलुकको दिगो आर्थिक विकासका लागि आर्थिक कूटनीति महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले यहाँ उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै पर्यटन, जलस्रोत, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा विदेशी लगानी आवश्यक रहेको औँल्याए । 

त्यस अवसरमा बेल्जियमका लागि नवनियुक्त राजदूत सेवा लम्साल, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, रुसका लागि डा. जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, श्रीलंकका लागि डा. पूर्णबहादुर नेपाली, मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिना र स्पेनका लागि सनील नेपाल उपस्थित थिए । 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्