site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन उठाइएको छैन काठमाडौंको फोहोर ? बन्चरेडाँडाको ल्यान्डफिल्ड साइट कहिले तयार हुन्छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । करिब एक महिनादेखि फोहोर नउठाइँदा काठमाडौं उपत्यका दुर्गन्धित बनेको छ । काठमाडौं महानगरपालिकाले नुवाकोट सिसडोल ल्यान्डफिल साइटको विकल्प नखोज्दा र बन्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट तयार नहुँदा फोहोर व्यवस्थापनमा समस्या आएको हो ।

गएको साउन ३२ गते महानगरपालिकाले १५ दिनसम्म फोहोर उठाउन नसकिने जनाएको थियो । अहिले उपत्यकाका सडक, चोक, गल्ली–गल्लीमा फोहोरको डंगुर देखिन्छ ।

फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् । बन्चरेडाँडासम्म जाने सडक र ल्यान्डफिल साइटको निर्माण सम्पन्न नहुँदा फोहोर व्यवस्थापन गर्न नसकिएको भन्दै उनले पत्र पठाएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौंमा थुप्रिएको फोहोरले अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्ने जोखिम बढेको छ । मेयर शाक्य भने संघ र प्रदेश सरकारको असहयोगका कारण दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न नसकिएको दाबी गर्छन् । ल्यान्डफिल्ड साइटको अभावले काठमाडौंको फोहोर समयमै उठ्न नसकेको उनले बताउँदै आएका छन् ।

भक्तपुर नगरपालिकाबाहेक उपत्यकाका सबै पालिकाको फोहोर व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्दै आएको छ ।

Royal Enfield Island Ad

महानगरको वातावरण व्यवस्था विभागका अनुसार अहिले वर्षाको समय भएकाले सिसडोल ल्यान्डफिल साइटसम्म जाने सडक अवरुद्ध भएको छ । वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ सडक नै अवरुद्ध भएपछि बाध्य भएर तत्काल फोहोर व्यवस्थापन गर्न नसकिने भनी महानगरले सूचना जारी गरेको बताउँछन् ।

“पहिले दैनिक २०० गाडीहरू सिसडोलमा फोहोर लिएर जान्थे । अहिले बढीमा ५० वटा गाडी मात्रै जान सकिरहेको अवस्था छ । फोहोर उठिरहेको त छ, तर न्यून मात्रामा,” उनले भने ।

बन्चरेडाँडा ल्यान्डफिल साइट बेलैमा हस्तान्तरण नहुँदा पनि फोहोर व्यवस्थापनमा समस्या भएको उनी बताउँछन् । “बन्चरेडाँडाको ल्यान्डफिल साइट एक वर्षपहिले नै हस्तान्तरण भइसक्नुपर्ने थियो । तर, महामारीको कारण तयार गर्न नसकिएको भन्दै ढिलासुस्ती भयो । यसपालि पनि वैशाखमै हस्तान्तरण गर्ने भनिएको थियो । अहिलेसम्म हस्तान्तरण भएको छैन,” श्रेष्ठले भने ।

सहरी विकास मन्त्रालयअन्तर्गत बन्चरेडाँडाको ल्यान्डफिल्ड साइटको निर्माण भइरहेको छ । मन्त्रालयका अनुसार काठमाडौंको फोहोर उठाउन नसक्दा समस्या सिर्जना भएकाले बन्चरेडाँडाको एक साइटमा फोहोर व्यवस्थापन गर्न सकिने गरी निर्माण गर्न निर्माण व्यवसायीलाई भनिएको छ । यसका लागि मन्त्रालयले १५ दिन म्याद थप गरेको छ ।

मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले उक्त साइट यही भदौ १६ गतेभित्र तयार भइसक्ने दाबी गरे । “१६ गतेभित्रमा त्यहाँ फोहोर व्यवस्थापन गर्न नसकिने अवस्था भयो भने निर्माण व्यवसायीलाई कानुनी कारबाहीको दायरामा ल्याउने निर्णय पनि गरिसकेका छौँ । यसभन्दा पहिले कोरोना महामारीकै कारणले समयमै ल्यान्डफिल साइट तयार हुन सकेन,” उनले भने ।

प्रवक्ता शर्मा यदि, अन्य कारणले बन्चरेडाँडाको ल्यान्डफिल साइट तयार नभए महानगरले अरू विकल्प खोज्नुपर्ने बताउँछन् ।

उपत्यकाबाट दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहोर निस्कने गर्छ । उक्त फोहोरलाई अहिलेसम्म महानगरले सिसडोलमै व्यवस्थापन गर्दै आएको छ । सिसडोल अब धेरै फोहोर धान्न सक्ने अवस्थामा छैन । बन्चरेडाँडाको ल्यान्डफिल्ड साइट सञ्चालनमा आएमा केही दशकलाई उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या हुने छैन ।

“करिब ४६२ रोपनी क्षेत्रमा फैलिएको ल्यान्डफिल साइटमा १६ वर्षदेखि फोहोर व्यवस्थापन गर्दा अब धान्न सक्ने अवस्था छैन । नयाँ बनिरहेको ल्यान्डफिल्ड साइट भने एक हजार ७९२ रोपनीमा फैलिएको छ,” प्रवक्ता शर्माले भने, “काठमाडौंबाट अहिलेकै अवस्थामा फोहोर निस्किए बन्चरेडाँडामा ५० वर्षसम्म फोहोरको व्यवस्थापन गर्न सकिनेछ । तत्काल बन्चरेडाँडाको ८० रोपनीमा फोहोर व्यवस्थापन गर्ने र बाँकी भूभाग विस्तार गर्दै लैजाने भन्नेछ ।”

वि.सं. २०६२ सालमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी सरकारले योजना बनाएर निर्माणको काम थालेको थियो । करिब एक अर्ब रुपैयाँमा सम्झौता गरी २०६५ सालमा बन्चरेडाँडामा फोहोरको व्यवस्थापन गर्ने लक्ष्य राखिएको थियो । तर, अहिलेसम्म तयार हुन सकेको छैन ।

तीन वर्षसम्म मात्रै फोहोर व्यवस्थापनका लागि प्रयोग गर्ने भनिएको सिसडोलमा निरन्तर १६ वर्ष फोहोर व्यवस्थापन गर्दा त्यहाँका स्थानीयले आन्दोलन गर्दै आएका छन् ।

अहिले केही सहजीकरणका लागि काठमाडौंका सडक, चोकको करिब ३० टन फोहोर उठाएर बालकुमारीको फोहोर स्टेसन र टेकु ट्रान्सफर स्टेसनमा व्यवस्थापन गरिरहेको महानगरले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro