देश
काठमाडौं । काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
कस्तुरीको विना तस्करीको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई ठमेल क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ ।
यसबाहेक उनीहरु जुवा खेल्ने÷खेलाउने कार्यमा समेत संलग्न रहेको पाइएको प्रहरी स्रोतले जनाएको छ । उनीहरुबाट केही सामान समेत बरामद भएको बताइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर उनीहरुको बारेमा जानकारी दिने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २२, २०७८ ११:२१
प्रतिक्रिया दिनुहोस्