site stats
बाह्रखरी :: Baahrakhari
देश
दक्षिणकालीमा जुवातास खेलिरहेका सातजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–३, पिखेलमा जुवातास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दक्षिणकाली–३ का ५१ वर्षीय दीपककुमार केसीसहितका व्यक्तिहरू छन् । शनिबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ६० हजार ९५० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्