site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
योग्यताक्रम सच्याउन गरेका सबै प्रक्रिया पारदर्शी र निष्पक्ष : आयोग 

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएसको प्रवेश परीक्षा नतिजाको योग्यताक्रम सच्याउन गरिएका सम्पूर्ण प्रक्रिया पारदर्शी र निष्पक्ष भएको स्पष्टीकरण दिएको छ । आयोगले विज्ञप्ति जारी गर्दै यसबारे स्पष्ट पारेको हो । 

टाइब्रेकरका आधारमा हुनुपर्नेमा रोल नम्बरको बढ्दो क्रमका आधारमा नतिजा प्रकाशन हुन गएकाले सो प्राविधिक त्रुटि सच्याइ पुनः नतिजा प्रकाशन गरिएको अयोगको दाबी छ । 

पुनर्योगको प्रक्रियामा पनि ओएमआर मेसिनबाटै उत्तरपुस्तिका परीक्षण हुने भएकाले नतिजाको विश्वसनियतामाथि शंका गर्नुपर्ने अवस्था नरहेको आयोगले दाबी गरेको छ । 

आगामी दिनमा यस्ता त्रुटि नदोहोरिने पनि आयोगको प्रतिबद्धता छ । गएको भदौ १ देखि ५ गतेसम्म भएको प्रवेश परीक्षा नतिजामा योग्यताक्रममा केही विद्यार्थीको समान अंकसहितको नतिजा आएको थियो । 

यीबाहेक नतिजा अपेक्षाकृत नभएको भन्दै प्रवेश परीक्षा दिएका करिब तीन हजार विद्यार्थीले पुनर्योगको माग गरेका थिए । तर, पुनर्योगबाट पनि साविकको नतिजामा परिवर्तन नआएको आयोगले जनाएको छ । 

mec-1726987172.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro