site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको व्यवस्थापनमा भद्रगोल
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो सयम काठमाडौं उपत्यकाको कोरोना संक्रमण देशकै उच्च विन्दुमा पुगेको छ । यहाँका स्थानीय तहलाई संक्रमितको व्यवस्थापन गर्न हम्मे परेको छ । प्रशासनले निषेधाज्ञामा कडाइ गरे पनि दैनिक संक्रमितको संख्या बढ्दै जाँदा स्थानीय सरकारलाई व्यवस्थापनमा चुनौती भएको हो ।   

बिहीबार मात्रै उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमितको व्यवस्थापन गर्न काठमाडौं उपत्यका मेयर फोरमलाई भनेका थिए । उपप्रधानमन्त्री पोखरेलले कोरोना संक्रमण रोक्न संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्न व्यवस्थापनमा जुट्न समेत सुझाए ।  

तर, यतिबेला अक्सिजन र बेड सकिएको भन्दै राजधानीका अस्पताल संक्रमितको उपचार गर्न पछि हट्दै छन् । संघ, प्रदेश र स्थानीय तहलेसरकारले आइसोलेसन, अक्सिजन सिलिन्डर, बेडको दायरा विस्तार गर्न नसक्दा यस्तो अवस्था आएको हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानरपालिका प्रमुख विद्या सुन्दर शाक्यले यतिखेर न त आइसोलेसन व्यवस्थापन गर्न सकेका छन्, न त अक्सिजन सिलिन्डरको व्यवस्था नै । उपत्यकाका स्थानीय तहको नेतृत्व गरिरहेका मेयर शाक्यले आफ्नै महानगरका कर्मचारीलाई व्यवस्थित रूपमा काममा लगाउन सकेका छैनन् । मेयर र उपमेयरबीच नै मतभेद छ । 

मेयर शाक्यका अनुसार काठमाडौं उपत्यका मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकिकृत रूपमा आइसोलेसन केन्द्र सञ्चालन गर्न प्रस्ताव अघि बढाएको छ । ‘‘अक्सिजन आपूर्तिका लागि सामूहिक रूपमा मेयर फोरम अघि बढ्ने छ,” शाक्यले भने ।  

Global Ime bank

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमितको संख्या धान्नै नसकिने गरी बढ्दा अहिले ११ वटा अस्पतालले पनि उपचार गर्न नसकिने भन्दै हात उठाइसकेका छन् । सरकारले निषेधाज्ञा गरेको १६ दिन भयो तर संक्रमणको दर झन् बढ्दै गएको छ ।

काठमाडौं उपत्यकामा देशभर भेटिएका संक्रमितको आधा भन्दा बढी संक्रमित काठमाडौं उपत्यका मै छन् । संघीय राजधानी काठमाडौंमा जनसंख्याको चाप हुनु स्वभाविक हो । जनसंख्याको उच्च चाप छ भन्दैमा सरकार यसबाट पन्छिन भने पाउँदैन । 

काठमाडौं भक्तपुर र ललितपुर महानगरपालिकालाई समेत संक्रमितको व्यवस्थापन गर्न हम्मे–हम्मे परिरहेको छ । 

२९ गते बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन हाहाकार भएका अस्पताललाई १५ दिन भित्र आफैँ अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको थियो ।  अस्पतालहरू भने स्वास्थ्य मन्त्रालयको निर्देशन हावादारी भन्दै त्यस अनुसार अक्सिजन प्लान्ट जोड्न सकिन्न भनिरहेका छन् । 

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंलोल संक्रमितको उपचारका लागि विभिन्न अस्पतासँग सम्झौता गरि आइसोलेसन अक्सिजन व्यवस्था गर्ने चरणमा आइपुगेको बताए । ‘‘हामीले कोरोना संक्रमण नियन्त्रण गर्न सात सदस्यीय समिति गठन गरेका छाैँ । महानगरकै सहकार्यका गंगालाल हृदय केन्द्रमा अक्सिजन उत्पादन भइरहेको छ,” प्रवक्ता डंगोलले भने । 

उनका अनुसार करिब २ करोड ७५ लाख रुपैयाँको लागतमा बनाइएको प्लान्टले ४७ लिटरका एक सय ३५ सिलिन्डर अक्सिजन उपत्पादन गर्ने क्षमता राख्छ । ‘‘हामीले अरु अक्सिजन प्लान्ट बनाउन स्रोत व्यवस्थापन गर्न पहल गरिरहेका छाैँ । महानगबासीका लागि अन्य स्वास्थ्य सामग्री व्यवस्थापनको समेत खोजी गरिहेका छाैँ ।”

काठमाडौं महानगरपालिकाभित्र होम आइसोलेसनमा ८ हजार तीन सय १९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा जम्मा ९६ जना छन् । 

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति संक्रमितको घर–घरमा गएर स्वास्थ्य सेवा दिदै आए पनि संक्रमण नियन्त्रण बाहिर गएको बताउँछन् । ‘‘अवस्था सोचभन्दा विल्कुल फरक भयो । अहिले पनि हामीले स्वास्थ्यकर्मी खटाएर संक्रमितको उपचार गरिरहेका छाैँ ।  संक्रमणको दर उच्च भयो भनेर नियमित रूपमा घर–घरको फोहोर उठाउँदै व्यवस्थापन गरिरहेका छौँ,” मेयर प्रजापतिले भने, ‘‘ब्रम्हायणीको बहुउदेश्यीय भवनमा ५० बेडको आइसोलेसन बनाएका छाैँ । अहिले सबै आइसोलेसन बेड भरिभराउ छन् । भेन्टिलेटर, अक्सिजन, आइसोलेसन व्यवस्थापन गर्न पहल गरिरहेका छाैँ ।”

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन ललितपुरको सुनाकोठीमा एक सय ६० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको बताउँछन् । अहिले संक्रमितको संख्या बढ्दै जाँदा महानगरले आइसोलेसन व्यवस्थापन गर्न पहल गरिरहेको उनको भनाइ छ । ‘‘हामीले महानगरमा विभिन्न किसिमका गतिविधि गरेर संक्रमण नियन्त्रणमा ल्याउने कोसिस गरिरहेका छौँ । अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल गर्न दिएका छैनाैँ,” महर्जनले भने, ‘‘माइकिङबाट फुकेर प्रत्येक ठाउँमा नगरवासीलाई सचेत बनाएका छौँ । साथै अक्सिजन सिलिन्डरको व्यवस्थापन मिलाउन सगरमाथा अक्सिजनसँग सहकार्य गरिरहेका छौँ । र, बाँकी स्रोत खोज्न समेत लागि परेका छाैँ ।”

कतिपय अस्पतालमा बेडको अभावले अस्पताल बाहिरै उपचार भइरहेको छ भने कतिपय अस्पतालले अक्सिजन र बेड अभावले संक्रमितको भर्ना लिन छोडिसकेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC