site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जो पहिले कारभित्र शव देखेर कराउँदै भागे
Sarbottam CementSarbottam Cement

 

दाङ । दाङमा एउटा कारभित्र तीन बालकको शव भेटिएको घटनाको अनुसन्धान प्रहरीको विशेष टोलीले अनुसन्धान सुरु गरेको छ । नेपालगञ्जबाट आएको कुकुरसहितको प्रहरीको विशेष टोली घटनाको अनुसन्धान सुरु गरेको दाङका एसपी गणेश चन्दले बताए । 

“विशेष टोली आइपुगेपछि मात्रै शवहरु हेरिएको छ, शवलाई पोष्टमार्टमको लागि अस्पताल पुर्‍याइएको छ,” उनले भने, “घटनाको सबै पक्षको अनुसन्धानपछि विस्तृत कुराहरु बाहिर ल्याउनेछौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कारमा तीन वटा शव फेला परेको थियो ।

पार्किङ्ग गरिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कार भित्र शव भेटिएको हो । शव तीन जना बालकको रहेको छ । शवको सनाखत गरेर प्रहरीले नाम, ठेगाना सार्वजनिक गरेको छैन ।

Global Ime bank

तर, आफन्तका अनुसार कारभित्र भेटिएका शव वैशाख १६ गते हराइरहेका तीन बालकको रहेको हुन सक्ने अनुमान गरिएको छ । तुलसीपुर–६ गाइडरका भिमबहादुर परियारका १० वर्षिय छोरा सन्देश परियार, सन्तोष परियारका ७ वर्षिय छोरा सुवर्ण परियार र किरण परियारका ७ वर्षिय छोरा करण परियार रहेको आफन्तले बताएका छन् । सुवर्ण र किरण दुई दाजुभाईका छोरा हुन् ।

जो पहिले कारभित्र शव देखेर कराउँदै भागे

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा कोठा भाडमा लिएर बस्ने अरुण बुढा मगरले शनिबार बेलुका साढे ५ बजेतिर कारभित्र तीन बच्चा मृत अवस्थामा देखे । बा ३ ख ३४३८ नम्बरको बसका चालक तथा गाडी धनी मगर पार्किङ गरि राखेको कारभित्र बच्चा मरेको देख्दा सुरुमा कराउँदै भागे ।

त्यसपछि उनले आसपासका मानिसलाई कराउँदै बोलाए । नजिकै घर घएका केही मानिसहरु जम्मा भए । त्यसपछि फेरि उनीहरु संगै गएर हेर्दा गाडीभित्र तीनवटा बच्चाहरुका शवहरु देखेपछि बल्ल प्रहरीलाई खवर भएको थियो ।

स्याउली बजारमा सडक खण्डको नालाको काम भइरहेको छ । पानी लिएर आएको ट्रयाङकरलाई साईड दिन भनेर मगर आफ्नो बस ब्याक गर्न गएका थिए । गाडी ब्याक गरि सकेपछि उनकै घरमा बस्ने एकजना बालकले किन रोेकेको कारमा बत्ती बलिरहेको हो ? भनेर चालक मगरलाई सोधे ।

मगर पनि अचम्म मान्दै कार नजिकै पुग्दा कारको बुनोट भरि झिंगा भन्केको देखे । नियालेर हेर्दा मानिस भित्र नाङ्गै सुतेझैं देखे । अनि आफु चिच्चाएर भागेको मगरले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC