site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा खोप लगाएका सांसदको फेरि पीसीआर गरिने
Siddhartha BankSiddhartha Bank

पोखरा । सांसदहरुको पीसीआर परीक्षण माग गर्दै सत्तारुढ एमालेले अवरुद्ध गरेको गण्डकी प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन । सरकार ढल्ने निश्चित भएपछि यहाँको सत्तारुढ एमालेले कोरोनालाई देखाएर सत्ता लम्ब्याउने अन्तिम कसरतमा लागेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा नै सर्वसम्मत रुपमा कार्यसूची तय भइसकेपछि पनि सदन सुरु भएपछि एमालेले उठेर विरोध जनाएका थिए ।

सोमबारको बैठकमा एमालेका मुख्य सचेतक मायानाथ अधिकारीले कोरोना सुरक्षाको विषय उठाउँदै सांसदहरुको पनि पिसिआर गरिनुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । सोमबारको बैठकमा अविश्वासको प्रस्ताव पेश भयो र उक्त प्रस्तावउपर छलफल पनि भयो ।

मंगलबार पनि सोही विषयमा छलफललाई नै कार्यसूचीमा राखिएको थियो । तर, सदन सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक २० मिनेटका लागि स्थगित गरेका थिए । दिउँसो १२ः१५ बजे बोलाइएको बैठक अवरोध भएपछि पुनः सुचारु हुन सकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

उक्त बैठकमा एन्टिजेन टेस्ट गर्ने र सदन सुचारु गर्ने प्रस्तावमा सत्तारुढ एमाले सहमत भएन । उसले पिसिआर नै गरिनुपर्ने एकमात्र माग र अडान लिएको छ ।

Global Ime bank

यस विषयमा अहिले पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भइरहेको छ ।

सम्भवतः आजै सांसदको स्वाब परिक्षण लिने र बुधबार दिनको १ बजेको लागि बैठक आह्वान गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भइरहेको एक सांसदले जानकारी दिए । तर, सहमति भने जुटिसकेको छैन ।

बैठक अवरुद्ध नभएको खण्डमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल सकिने र बुधबार मतदान गर्ने कार्यसूची तय थियो ।

अल्पमतमा परेका मुख्यमन्त्री गुरुङको पक्षमा एमालेका २७ जना सांसद छन् । 

विपक्षमा कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनता समाजवादीका २ गरि २८ सांसदको मोर्चाबन्दी छ । विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाका ३ जना सांसद र स्वतन्त्र निर्वाचित १ जना सांसदले पनि अविश्वासको पक्षमा मतदान गर्ने बताएका छन् ।

यसले गर्दा, मुख्यमन्त्रीले विश्वासको मत लिन नसक्ने र उनको सरकार ढल्ने आँकलन गरिएको छ । प्रस्तावित मुख्यमन्त्रीमा कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई अगाडि सारिएको छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय