site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निष्ठाकाे मूल्य चुकाऊ !

धेरै भयाे देशमा सिद्धान्तविनाकाे राजनीतिकाे रजगज भएकाे । विशेषगरी नेपाली कांग्रेसले ‘व्यवहारवादी’ बाटाे समातेपछि राजनीतिमा सिद्धान्त एकादेशकाे कथा बन्ने गरेकाे छ । कांग्रेसका नेताहरूले गाैर गरेका छन् कि छैनन् कुन्नि जुन दिनदेखि कांग्रेसले सिद्धान्तकाे ठाउँमा सत्तालाई प्राथमिकता दियाे त्यहीँबाट निरन्तर ओरालाे लागेकाे लागेकै छ । 
 
इतिहासमा भने का‌ग्रेसले धेरैपटक सत्ता छाडेर सिद्धान्त राेजेकाे थियो । र, नेपाली जनताले त्यही कारणले कांग्रेसलाई राेज्ने गर्थे । कांग्रेसले सिद्धान्त छाडेसँगै जनताले कांग्रेस छाड्न थाले । यसपटक कांग्रेसले के गर्ला ? धेरैकाे ध्यान त्यतै छ ।

सत्तामै जानु जरुरी छ र ?

प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधि सभा विघटन गराउँदा ‘असंवैधानिक’  काम गरेकाे ठहर सर्वोच्च अदालतले गरिसकेपछि उनलाई पदबाट हटाउन कांग्रेसले अग्रसरता देखाउनुपर्थ्यो ।  सभापति शेरबहादुर देउवाले हिचकिचाएर ढिलाे गरे पनि गत शुकवार विपक्षमा रहेका तीन दलकाे बैठक बाेलाएर दायित्व पूरा गरे । अब अविश्वासकाे प्रस्ताव पेस गर्ने हाे । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कांग्रेससँग अविश्वास राख्न पुग्ने सांसद संख्या छैन । नेकपा (माओवादी केन्द्र ) वा जनता समाजवादी पार्टीकाे समर्थनविना संख्या पुग्दैन । अब कि त  जस्ताेसुकै सम्झाैता गरेर पनि सरकारमा जान तयार हुनुपर्ने भयाे नभए पदलोलुपता छाडेर ओली हटाउन अग्रसर हुने हाे ।  नबनाेस् । सिद्धान्तहीन सम्झौता नगराेस् । 

 

Global Ime bank

 

 

देउवाकाे बदनाम 

कांग्रेस सभापति शेरबहादुर देउवा सत्ताका लागि जाेसुकैसँग जस्ताे पनि सम्झौता गर्ने भनेर बदनाम छन् । तर’ अब राजनीतिक जीवनकै उत्तरार्धमा पुगेका देउवा थप बदनामीकाे विष पान गर्न पक्कै तयार नहाेलान् । उता, बदनाम भए देउवाकाे हुने र पार्टी सत्तामा गए फाइदा आफूलाई पनि हुने देख्नेहरूले देउवामाथि सरकारमा जान दबाब दिएका हाेलान् । 

परन्तु, देउवालाई बदनाम हुने बाटामा थप घचेट्दा नाेक्सान त कांग्रेसलाई नै हुने हाे । ओलीलाई एकपटक हटाउनु जति जरुरी छ का‌ग्रेसले अरू साख र ओली कुसाख हुन् भन्ने नठान्नु पनि उत्तिकै आवश्यक हुन्छ । यसैले अहिले अरू कांग्रेसलाई समर्थन गर्न तयार नभए ओली हटाउनका लागि कांग्रेसले अरूलाई समर्थन गरे पनि हुन्छ । तर, यस्ता खेलका कारण लाेकतन्त्रका आधारस्तम्भ भत्के भने कांग्रेसकाे औचित्य पनि समाप्त हुन्छ । 

इतिहासकाे डर

सिद्धान्ततः लाेकतन्त्रका मूल्यमान्यताविरुद्ध कांग्रेसले कुनै सम्झाैता नगराेस् । राजनीतिक सहमति भए विधि र प्राकृतिक न्यायकाे सिद्धान्तविपरीत पनि गए हुन्छ भन्ने मानसिकता छाडेर चुनावमा जान तयार हुनुपर्छ ।

अहिले प्रधानमन्त्री नभए पनि देउवालाई फरक पर्दैन तर विधिकाे शासन भत्काइए इतिहासले क्षमा गर्नेछैन ।

ढिलाे गर्नु थप प्रत्युत्पादक हुनसक्छ । कांग्रेसले माओवादी केन्द्रकाे सहयाेगमा अविश्वासकाे प्रस्ताव राखेर जसपालाई राेज्ने अवसर दिनुपर्छ । माधव नेपालहरू पनि ओली हटाउन चाहन्छन् भने चक्रव्यूहबाट बाहिर निस्कनुपर्छ । राजनीतिलाई लाेकतान्त्रिक बाटामा फर्काउन केही त्याग त गर्नैपर्छ लाेकतन्त्र बाँचाेस् भन्ने चाहने हाे भने ।

यसैले विधि मिच्ने वा लाेकतन्त्रका आधार स्तम्भ र राष्ट्रियता कमजाेर हुने अर्थात् सिद्धान्तहीन गठबन्धन नगर्ने प्रण नेपाली कांग्रेसले गराेस् । सरकारमा जानेभन्दा लाेकतन्त्र जाेगाउने विषय अहिले कांग्रेसकाे प्राथमिकतामा परेमात्र इतिहास जोगिने हाे । ब्याज पाउन पनि त इतिहास जाेगाउनै पर्ला नि ! हाेइन ? 

क्रान्ति र प्रतिकान्तिका वाक्कलाग्दा रटान

प्रधानमन्त्री ओलीलाई दिएकाे समर्थनुम्म पनि फिर्ता लिने आँट नभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका आँगमा बेला न कुबेला क्रान्तिकाे ‘वायु’ चड्ने गरेकाे छ ।  उनी आफूलाई अलिकति अप्ठेरो पर्नेबित्तिकै 'प्रतिक्रान्ति' भएको ठान्छन् । हस्तिनापुरकाे रजाइँ वा चपरीमुनिकाे वास नगरी पनि त राजनीति हुन्छ ।

यी नेपालका दाहाल फ्रान्सका लुई चौधौंकै  ‘मानस पुत्र’ त हैनन् हाेला । अनि किन राजनीतिमात्र हैन नेपालकाे केन्द्र नै आफू भएकाे ठानेका हुन् ?  दाहालले जेलाई क्रान्ति भन्ने गरेकाछन् त्यो नेपालीका लागि ‘विध्वंस’ सिद्ध भइसक्यो ।  सरकार बनेकाे भाेलिपल्टदेखि दाहालकाे छटपटी सुरु हुन्छ भन्ने सबैले बुझेकै छन् । यसैले सकेदेखि ओलीलाई दिएकाे समर्थन दायाँबायाँ नहेरी फिर्ता लिनु बेस । हदै भए चुनाव हुने न हाे ।

घुर्की, धम्की र पाखण्ड 

जनता समाजवादी पार्टीका नेताहरूकाे माेलताेल र नखरा अलि बढी नै भयाे । ओली हटाउन मन नभए खुलस्त कुरा गरे भयाे नि ! किन छलछाम र अलमल गर्नू ?  तर, मधेसी नेताहरूले यस्तै व्यवहार देखाए भने तिनको पनि दिन धेरै बाँकी नहुन सक्छ। यिनको दिनमात्र  सकिए त विशेषगरी मधेसी जनताको भलो नै हुनेछ तर यिनैका निहुँमा समावेशी राज्य बन्ने क्रम पनि रोकिन सक्छ । 

हुनत,  यिनकाे राजनीति मधेसका जनताका लागि हाेइन भन्ने प्रमाणित भइसक्याे । जनताका आँखामा छाराे कति दिन हाल्न सक्छन् भन्नेमात्रै हाे । लाेकतन्त्र र नैतिकताप्रति प्रतिबद्ध काेही पनि यसरी सत्ता स्वार्थमा सिद्धान्तमा सम्झौता गर्दैन । 

लोकतान्त्रिक मूल्य वा संविधान नभएर जसपाकाे प्राथमिकता थुनामा परेकाहरुको प्राथमिकता हो भने कांग्रेसले पनि साझेदारी नगरे नै बेस होला । उनीहरूलाई ओलीसँगै जान दिए हुन्छ । 

उपेन्द्रसँगकाे इख

उपेन्द्र यादव ओलीप्रति सरकारबाट हटेपछि अपेक्षाकृत बढी नै आक्रामक भएका छन् । उनकाे आक्रामकता सैद्धान्तिक भने होइन । यसैकाे साँटाे फेर्न प्रधानमन्त्री ओली महन्थ ठाकुर, राजेन्द्र महताेहरूसँग बढी लहसिएका हुनसक्छ । सके जनता समाजवादी पार्टी फुटाएर सत्ता टिकाउने पुरानाे योजना पूरा गर्ने नभए कम्तीमा जसपाका नेतालाई अलमल्याएर सरकारविरुद्ध जान नदिने र सत्ता लम्याउने ! ओलीका त दुवै हातमा लड्डु । उपेन्द्रकाे तेजाेबध गर्न सके महन्थ ठाकुरलाई पनि बनिबनाउ दल हात पर्ने लाेभ हाेला ।

र, अन्त्यमा

पत्रकार महासंघकाे निर्वाचन सकियाे । नेपाली कांग्रेस निकट मानिने नेपाल प्रेस युनियनसमेत सामेल गठबन्धनका उमेदवारहरूमध्ये अध्यक्षलगायत अधिकांश पदमा सानदार मत ल्याएर जिते । विजयी पदाधिकारीलाई बधाई र पराजितलाई सहानुभूति ! ओली सरकारकाे समर्थक र विराेधी खेमामा पत्रकार पनि चुनावमा ध्रुवीकृत भए । स्वाभाविकै हाे । पत्रकार पनि यही देशमा छन् ।

तर, सामाजिक सञ्जालमा भने पत्रकारहरूले समूह बनाएकाे र राजनीतिक दलहरूकाे निकट भएकाे भनेर निकै आलाेचना भयाे । उमेदवारहरूले आफूलाई स्वतन्त्र देखाउन गठबन्धनहरूकाे विराेध गर्नुकाे तुक देखिए पनि दलगत संलग्नताकाे विराेधमा ठुस्स निर्दलीय पाखण्डकाे गन्ध आउँछ । निरङ्कुश निर्दलीयताकाे माेहबाट कहिले मुक्त होलान् यस मुलुकका कथित ‘बुद्धिजीवी’ ? नेपाल पत्रकार महासंघ पनि अन्तर्राष्ट्रिय मजदुर अभियानमा संलग्न अन्तर्राष्ट्रिय पत्रकार महासंघकै सदस्य हो । राजनीतिक दलमा आबद्ध नभएकाे ट्रेड युनियन खाेज्न कता जाने हाे ?     
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC