site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि र छविको अनुसन्धान सकियो, प्रहरीेले थाल्यो जीबीको पासपोर्ट रद्दको प्रक्रिया

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीसहित विभिन्न पाँच सहकारीको अर्बौं रुपैयाँ अपचलन गरेको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी)को पासपोर्ट दास्रोपटक रद्दका लागि प्रहरीले प्रक्रिया थालेको छ ।

सूर्यदर्शनसहित बुटबलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र पर्साको सानोपाइला सहकारीको ठगीको अनुसन्धान अन्तिम चरण पुगेसँगै जीबी राईको पासपोर्ट रद्दको प्रक्रिया पुनः अघि बढाइको हो ।

हाल पाँचवटै सहकारीको रकम अपचलनबारे पूरक अनुसन्धान जारी छ । पाँचवटै सहकारीमार्फत जीबी राईले नै सञ्चालनमा ल्याएको गोर्खा मिडियाअन्तर्रगतको ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ अपचलन भएको खुलेपछि प्रहरीले पूरक जाहेरी लिएर अनुसन्धान थालेको थियो ।

Dabur Nepal
NIC Asia

पूरक अनुसन्धानकै क्रममा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवि लामिछानेसहित पूवडीआईजी जोशीसहितलाई पक्राउ गरेर अनुसन्धान थालिएको थियो । जोशी असोज ६ गते र लामिछाने कार्तिक २ गते पक्राउ परेका थिए ।

उनीहरूमाथि तीनवटा कसुर (सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अरापध)मा अनुसन्धान जारी छ ।

तर, सहकारी ठगीका मुख्य अरोपित जिबी राई फरार छन् । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलले समेत रेड नोटिस जारी गर्दा उनी पक्राउ पर्नबाट जोगिँदै आएका छन् । सोही कारण प्रहरीले उनको पासपोर्ट नै रद्दको प्रक्रिया थालेको हो ।

कास्की प्रहरीले दोस्रोपटक जीबी राईको पासपोर्ट रद्दका लागि प्रक्रिया थालेको कास्की प्रमुख एसपी श्याम बाबु ओलियाले जानकारी दिए ।

यसअघि, गएको जेठमा समेत प्रहरीले जीबीको पासपोर्ट रद्दका लागि राहादानी विभागलाई पत्राचार गरेको थियो । तर, त्यतिबेला राहादानी विभागले रद्द गर्न नमिल्ने जवाफ प्रहरीलाई दिएको थियो । जसकारण जीबी राईले त्यो बेला राहत पाएका थिए ।

एक प्रहरी अधिकारीले भने, "जीबीको पासपोर्ट रोक्कामात्रै हुँदा खासै फरक पर्दैन । उनी नेपालमा हुँदा बाहिर भाग्ने अवस्था हुँदामात्रै रोक्का हुँदा काम गर्ने हो । तर, उनी विदेश भागिसकेको अवस्थामा त्यसको खासै अर्थ हुँदैन । त्यसका लागि रद्द नै गर्नुपर्ने हुन्छ ।"

प्रहरी अधिकारीका अनुसार, रोक्काको ठाउँमा पासपोर्ट रद्द गर्दा उनको कुनै पनि देशको बसाइँ अवैध हुने र जुनसुकै देशको अध्यागमन विभागले उनलाई रोक्न सक्ने अवस्था हुन्छ ।

तर, पासपोर्ट रद्दको प्रक्रिया अदालतको आदेशविना प्रहरीले गर्न नसक्ने अध्यागन विभागका केही अधिकारी बताउँछन् । जीबीको पासपोर्ट एक वर्षअघि भने सहकारी विभागको पत्रपछि अध्यागमन विभागले रोक्का राखेको थियो ।

सोही कारण उनी मलेसिया जाँदै गर्दा गएको पुसमा त्रिभुवन विमानस्थलबाट फिर्ता भएका थिए । त्यसपछि भने उनी भारतीय बाटो प्रयोग गरेर मलेसिया पुगेको प्रहरीको दाबी छ ।

एक वर्षअघि ‘हाम्रो नयाँ कृषि सहकारी’को बचतकर्ताको उजुरीका आधारमा सहकारीका सञ्चालक भाग्ने आशंका गरेपछि राहदानी रोक्का गरेको थियो । पछि जीबी राईसहितका सहकारीका सञ्चालक समितिका ६ जनाले बचतकर्ताको रकम आफ्नो अचल सम्पत्ति बिक्री गरेर भए पनि फिर्ता गर्ने सम्झौता सहकारी विभागमै पुगेर गरेपछि रोक्का पासपोर्ट फुकुवा भएको थियो । जीबी मलेसियामा रहेको प्रहरीको निष्कर्ष छ ।

इन्टरपोलले रेड नोटिस जारी गर्दा पनि उनलाई मलेसियाले नेपाल फर्काउन चाहेको छैन । प्रहरीका अनुसार, नेपाल पुगेकी एक मलेसियन महिला फर्किंदा नेपालको अध्यागन विभागका कारण जेल बस्नुपरेको घटना र जीबीराईले मलेसिया सरकारको नीतिअनुसार ‘मेक मलेसिया माई सेकेन्ड होम’ (एमएमटूएच) भिसा प्राप्त गरेका कारण उनलाई नेपाल फकाउन अस्वीकार गर्दै आएको छ ।

एमएमटूएचअन्तर्गत मलेसिया राज्यलाई केही रकम तिरेपछि उक्त भिसा पाउन सकिन्छ ।

जीबीको पासपोर्ट रद्द होला ?

रेड नोटिस जारी हुँदा पनि पक्राउ गरेर नेपाल झिकाउन नसकेपछि गृह  मन्त्रालयले जीबीको पासपोर्ट नै ‘अफिसियल क्यान्सिल’ गर्न खोजेको हो । गृह मन्त्रालय हुँदै अध्यागमन र पासपोर्ट विभागलाई उनको पासपोर्ट रद्दका लागि प्रक्रिया थालिएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले रद्दका लागि प्रक्रिया अघि बढेको बताए पनि रद्द भएको/ नभएकोबारे कुनै जानकारी नआएको बताए ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले जीबीको पासपोर्ट रद्दको प्रक्रिया थालिएको बताए । राहदानीसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको ऐनले पनि राहादानी रद्द गर्न सकिने व्यवस्था गरेको छ ।

ऐनको दफा १२ को उपदफा १ को (घ) मा ‘बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकी प्रचलित कानुनबमोजिम कालोसूचीमा परेको अवस्थामा राहदानी रद्द गर्न सकिने’ व्यवस्था छ ।

योबाहेक राहदानी ऐनमा भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवादसम्बन्धी कसुरको अभियोग अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारी वा अदालतले लेखी पठाएको अवस्थामा राहदानी रद्द गर्न सकिन्छ ।

राहदानी रद्द गर्दा सुपुर्दगी नभएका देशबाट आरोपितलाई पक्राउ गर्न सहज हुने प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro