site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो, सुपर–४ मा स्थान सुनिश्चित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कप्तान पूजा महतो अलराउन्ड प्रदर्शनप्रेरित नेपाली यू–१९ महिला क्रिकेट टिमले एसीसी यू–१९ महिला एसिया कपमा टेस्ट टोली पाकिस्तानविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । यो जितसँगै नेपालले प्रतियोगिताको सुपर–४ (सेमिफाइनल) मा स्थान सुनिश्चित गरेको छ ।

सोमबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक अविजित ४७ रन बनाइन् । अर्धशतकबाट तीन रनले चुकेकी पूजाले ४७ बलमा तीन चौका प्रहार गरिन् । सोनी पाख्रिनले २० बलमा एक चौकासहित १३ रन थपिन् । सिमाना केसीले १२ बलमा १२ रन जोडिन् । यस्तै, ओपनर साना प्रविनाले १० र सावित्री धामीले आठ रन बनाइन् ।

पाकिस्तानकी फातिमा खान र क्वारातुलेनले समान एक विकेट लिए । 

Royal Enfield Island Ad

त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०४ रनको योगफल खडा गरेको थियो ।  पाकिस्तानकी ओपनर कोमल खानले सर्वाधिक ३८ रन बनाएकी थिइन् । महन एनिसले २९, रावेल फरहानले १३ र कप्तान जुफिसान आयुजले १२ रन जोडे । 

नेपालकी कप्तान पूजा महतोले दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी पूजाले २७ रन खर्चिइन् । यस्तै, रचनाकुमारी चौधरी, सिमाना केी र रिया शर्माले समान एक विकेट लिए । 

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमै जित निकालेको हो । जितसँगै नेपालले प्रतियोगिताको सुपर–४ मा समेत स्थान पक्का गरेको छ । अब नेपालले समूह चरणको दोस्रो खेलमा मंगलबार भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगितामा पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पाकिस्तान यसअघि पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग नौ विकेटले पराजित भएको थियो । समूहका दुवै खेलमा हार बेहोरेको पाकिस्तानको सुपर–४ सम्भावना पनि समाप्त भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro