site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेलाई जग्गा दान दिने मीनबहादुर गुरुङविरुद्धको रिट खारेज
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले)लाई जग्गा दान दिने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङको निर्णयविरुद्धको रिट खारेज गरिदिएको छ ।

सोमबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले जग्गा दानविरुद्ध दायर भएको रिट निवेदनलाई खारेज गरिदिएको हो । रिट निवेदक अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट खारेज भएको पुष्टि गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जग्गा दान र भवन निर्माण रोक्न माग गरिएको अधिवक्ता बस्नेतको रिटलाई सर्वोच्च प्रशासनले १ कात्तिकमा दरपिठ गरिदिएको थियो । तर, दरपिठविरुद्ध परेको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले कात्तिक ६ गते सर्वोच्च प्रशासनको निर्णयलाई बदर गरिदिएको थियो ।

गत २५ असोजमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमालेको पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गरेका थिए । गुरुङले नै भवन निर्माण गरेर एमालेलाई हस्तान्तरण गर्ने गरी शिलान्यास नै गरिएको थियो । गुरुङले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरको जग्गा दान दिएका हुन् ।

Royal Enfield Island Ad

यसैबीच समाजसेवी तथा व्यवसायी गुरूङले अदालतको निर्णयको स्वागत गर्दै आफूले निस्वार्थ तरिकाले दान गरेको बताउँदै समयमै निर्माण सम्पन्न गरेर पार्टीलाई हस्तान्तरण गर्ने बताए ।
“अदालतको निर्णय स्वागतयोग्य छ,” बाह्रखरीसँग कुरा गर्दै उनले भने, “हामीले भूमि पूजा गरेको एक वर्षमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने योजना बनाएका थियौँ । तर केही ढिला हुन पुग्यो । अब पनि तोकिएको समयभन्दा ३–४ महिना ढिला गरी सम्पन्न गर्नेगरी अघि बढ्छौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro