site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दैनिक १० हजार आवतजावत गर्ने नाकामा १० जनामा परीक्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । चैत सुरू भएपछि नेपालमा कोभिड १९ संक्रमितको संख्या दिनहुँ बढ्दो तथ्यांक छ । फागुन अन्तिम सातासम्म एक सयभन्दा कम रहेको संक्रमितको संख्या चैत अन्तिम सातासम्म आइपुग्दा लगातार बढ्दो क्रममा छ । तर, परीक्षण भने पहिलाकै हाराहारीमा भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको तथ्यांकले देखाएको छ । बढ्दो संक्रमण समुदायस्तरमा फैलिन नदिन कन्ट्याक ट्रेसिङ र एन्टिजेन परीक्षणको दायरा बढाउन विज्ञहरुले जोड दिएका छन् । 

यस्तो छ चैत महिनाको तथ्यांक  
फागुनको अन्तिम साता दुई हजार जनामा परीक्षण गर्दा  एक सयभन्दा कमदेखिएको  कोभिड १९ संक्रमितको संख्या चैत पहिलो साता बढेर एकैदिन ११४ सम्म पुग्यो । चैत पहिलो साता ३ हजार १६१ जनाको पीसीआर परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । चैत १७ गते ३ हजार १०० जनाको परीक्षण गर्दा १६७ जनाको नतिजा पोजेटिभ देखिएको छ भने २३ गते ४ हजार ५३६ जनामा परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार आज ४ हजार ७१ जनाको परीक्षण गर्दा २८८ जनामा संक्रमण देखिएको छ । यो तथ्यांकले परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या धेरै पहिचान हुने पुष्टी भएको छ । विशेषगरी काठमाडौंका ‘हटस्पट’ र भारतबाट नेपाल भित्रिने नाकाहरुमा संक्रमितको संख्या धेरै देखिएको छ । पछिल्लो चौबीस घण्टामा प्रदेश १ मा १६ जना २ मा १० वाग्मती प्रदेशमा १४८, गण्डकीमा ४० लुम्बिनीमा ५७ कर्णालीमा १३ र सुदूरपश्चिम प्रदेशमा ४ जनामा संक्रमण पुष्टी भएको छ । 

भारतबाट दैनिक १० हजारजना भित्रिने नाकामा १० जनाको मात्रै परीक्षण 
प्रदेश १ को काँकडभिट्टा नाकाबाट दैनिक ८ देखि १० हजारजना नेपाल–भारत आवतजावत गर्ने गरेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । काँकडभिट्टा नाकामा रहेको हेल्थ डेस्कमा ४ जना स्वास्थ्यकर्मीको टोली खटाइएको छ लक्षण देखिएका नागरिकमा मात्रै एन्टिजेन परीक्षण गर्न प्रदेश स्वास्थ्य निर्देशनालयले निर्देशन दिएको छ । यो नियमअनुसार दैनिक ६ देखि बढीमा १० जनासम्मको एन्टिजेन परीक्षण गर्ने गरिएको हेल्थ डेस्क संयोजक रामनारायण यादव बताउँछन् । 

Global Ime bank

सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, त्रिनगरलगायत नाकामा एउटै नाकाबाट दैनिक १ हजारदेखि १२ सयसम्म नेपाली भारतबाट आउँछन् तर परीक्षण ४० जनाको हाराहारीमा मात्रै हुने गरेको छ । “विशेषगरी भारतमा संक्रमण फैलिएका स्थानबाट आएकाहरुको परीक्षण गर्ने गरेका छौं सबैको परीक्षण गर्न स्रोत र जनशक्तिका हिसाबले पनि सम्भव हुँदैन,” सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्रसिंह कार्की भन्छन् । 

पछिल्लो चौबीस घण्टामा ५७ जना संक्रमित देखिएको लुम्बिनी प्रदेशमा ३४० जनाको मात्रै परीक्षण भएको छ भने ४० जना संक्रमित पुष्टी भएको गण्डकी प्रदेशमा पनि १९३ जनाको मात्रै परीक्षण भएको मन्त्रालयको तथ्याकंले देखाउँछ । सबैभन्दा धेरै ३ हजार ९० जनाको नमूना परीक्षण गरिएको वाग्मती प्रदेशमा संक्रमितको संख्या १४८ छ । जति धेरैमा परीक्षण भयो त्यति संक्रमितको संख्या थपिएको तथ्यांकले देखाउँछ । 
  
कसरी गरिँदैछ परीक्षण ? 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले ४८ वटा सरकारी र ३६ वटा निजी गरी जम्मा ८४ वटा प्रयोगशालाबाट कोभिड १९ को परीक्षण गरिरहेको छ । यसबाहेक हेल्थ डेस्कहरुमा एन्टिजेन विधीबाट डेस्कमा नै परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । यसबाहेक संक्रमण पुष्टी भएका र फरक भेरियन्टको लक्षण देखिएकाहरुको जिन सिक्वेन्सिङ पनि गर्ने गरिएको छ । मास परीक्षणका लागि थप एन्टिजेन किट खरिद गर्ने प्रक्रिया अघि बढाइएको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशखाले जनाएको छ । 

नाकामा किन परीक्षण कम ?
सहरका ‘हटस्पट’हरु र भारतबाट नेपाल भित्रिने नाकामा परीक्षणमा कडाइ गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति छ । मास परीक्षणकै लागि मन्त्रालयले आधा घण्टामा नै नतिजा देखाउने एन्टिजेन विधीलाई अपनाएको छ । तर, नाकाहरुमा पूर्वाधर, जनशक्तिको अभाव, भारतबाट आउनेको चाप आदिले लक्ष्य अनुसार परीक्षणको दायरा बढाउन नसकिएको इपिडिमयिोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । नाकामा रहेका टेन्टमा सञ्चालित हेल्थ डेस्कमा सबैलाई राखेर परीक्षण गर्दा झनै भीडभाड हुने र संक्रमण फैलिन सक्ने सम्भावना पनि बढ्ने डा. पौडेलको तर्क छ । “कन्ट्याक ट्रेसिङलाई जोड दिएका छौं । लक्षण देखिएकाहरुको सम्पर्कमा आएका व्यक्तिलाई खोजेर परीक्षण गर्न स्थानीय प्रशासन तथा स्वास्थ्य कार्यालयहरुलाई अनुरोध गरिएको छ,” डा.पौडेल भन्छन् ।
 
समुदायस्तरमा फैलिँदै संक्रमण 
लुम्बिनी प्रदेशका विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने ४० प्रतिशत नागरिकको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । तर, पछिल्लो समय नाकामा नभइ समुदायमा संक्रमण देखिन थालेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङ बताउँछन् । पछिल्लो साता बाँकेको नेपालगञ्ज क्षेत्रमा मात्रै ७ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ । यो तथ्यांकले संक्रमण समुदायस्तरमा नै फैलिन थालेको आंकलन गर्न सकिन्छ । समुदायस्तारमा कन्ट्याक ट्रेसिङका आधारमा एन्टिजेन परीक्षण गर्न स्थानीय तहहरुलाई जिम्मा दिइएको ईडीसीडी निर्देशक डा. पौडेल बताउँछन् ।
 
भएको स्रोत साधनको भरपुर प्रयोग गरौं, समुदायमा संक्रमण हुन नदिऔं 
समुदायस्तारमा संक्रमण फैलिन नदिन अहिले भएको कन्ट्याक ट्रेसिङ र एन्टिजेन परीक्षणमा बढीभन्दा बढी जोड दिन विज्ञहरुले सुझाव दिँदै आएका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका पूर्व प्रमुख डा. राजेन्द्र पन्त भन्छन्ः “हामीलाई  पहिलो वर्षको अनुभवले धेरै कुरा सिकाइसकेको छ । यही अनुभवलाई संक्रमण नियन्त्रणमा प्रयोग गर्नुपर्दछ । हामीसँग अहिले परीक्षणका विधी र स्रोत साधन पनि विस्तार भएको छ । यो स्तरको संक्रमणलाई  नियन्त्रण गर्न अहिले हामीसँग भएको स्रोत साधन पर्याप्त छ, यसको भरपुर उपयोग गर्न जरुरी छ । अहिले नै परीक्षणको दायरा बढाएर समुदायसम्म पुग्नसक्ने हो भने नियन्त्रण सम्भव छ । अन्यथा गत सालकै अवस्था नआउला भन्न सकिँदैन,” डा. पन्तको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC