बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मदनकृष्ण र बियोन्से युगल गीत गाउँदै
बाह्रखरी - बिहीबार, चैत २६, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले आवाज दिएको ‘फूलबुट्टे सारी...’ को लिजेन्डरी भर्सनले नेपाली संगीतप्रेमीदेखि युगान्डाकी गायिकालाई समेत प्रभावित बनायो । 

द क्याप्टेन वियोन्से फाम्सीले श्रेष्ठबाटै प्रभावित भएर यसको कभर गीत गाइन । जसपश्चात उनको चर्चा यति चुलियो कि नेपालका दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ आफैं उनीसँग भेट्ने इच्छा व्यक्त गरे । 

Agani Group

संगीतले यी दुईको भेट पनि जुरायो । उनीहरू चैत १८ गते काठमाडौंको एउटा रेस्टुरेन्टमा भेट भएको थियो । सोही दिन गायिका बियोन्सेले गायक मदनकृष्णसँग युगल गीत गाउने इच्छा पनि व्यक्त गरेकी थिइन् ।
 
बियोन्सले यस्तो इच्छा व्यक्त गरिरहँदा कलाकार श्रेष्ठ भने मजाकी लवजमा “तपाईं आफ्नो देश फर्किने भन्दै हुनुहुन्छ के तपार्इंसँग समय छ र ?” भन्दै प्रश्न तेर्साएका थिए । जवाफमा बियोन्सेले “म तपार्ईंको लागि समय मिलाउन सक्छु” भनेकी थिइन् । 

अन्ततः मदनकृष्ण र बियोन्सेको युगल गीत पनि दर्शकले सुन्न पाउने भएका छन् । 

sarbottam cement

बिहीबार कलाकार श्रेष्ठले फेसबुकमार्फत यसको आधिकारिक जानकारी दिएका छन् । बियोन्सेसँग भेटेको दिनको फोटो सेयर गर्दै उनले फेसबुकमा लेखेका छन्, “हामीले गाएको गीत ‘फुलबुट्टे साडी’ लाई क्याप्टेन बियोन्से फाम्सीले पनि गाइन् त्यसपछि यो गीतले अन्तर्राष्ट्रियकरणको रूप लिएको महसुुस गरिएको छ । अब बियोन्से र म मिलेर अर्को एउटा युगल गीत गाउने तरखरमा छौं । बियोन्सेको तरुणी स्वरसँग मेरो बुढो स्वर मेल खाला कि नखाला खै...।”

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत २६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्