site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाकालमा नरोकिएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम कति प्रभावकारी ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । तीन वर्षअघि वाग्मती प्रदेशले पाइलट प्रोजेक्टको रुपमा सुरु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अहिले देशैभरी लागु भएको छ । स्वास्थ्य, सरसफाई, पोषण प्रवद्र्धन, मानसिक स्वास्थ्य, किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अवस्थामा सुधार गर्ने उद्देश्यका साथ सुरु गरेको कार्यक्रम अहिले ८९६ विद्यालयमा विस्तार भएको छ । तीन वर्षको अवधिमा वाग्मती प्रदेशका सबै सामुदायिक विद्यालयमा नर्स पुगेका छन् भने अन्य प्रदेशमासमेत विद्यालय नर्स नियुक्तिको काम तीव्र रुपमा अघि बढेको स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाको तथ्यांक छ । 

कुन प्रदेशमा कति विद्यालय नर्स ?
आर्थिक वर्ष ०७५/७६ सामाजिक विकास मन्त्रालय वाग्मतीले नमूना कार्यक्रमको रुपमा प्रदेशका १३ जिल्लाका २० वटा सरकारी विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सुरु गरेको थियो । आर्थिक वर्ष ०७६/७७ बाट सबै प्रदेशमा यो कार्यक्रम विस्तार गर्ने उद्देश्यका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधी २०७६ लागु गरेको थियो । यो कार्यविधीअनुसार विद्यालयमा विद्यार्थीको संख्या , छात्राको संख्या, विद्यालयको अन्तिम नतिजा अदिका आधारमा यो कार्यक्रम लागु गर्ने सरकारको योजना छ । सोही कार्यविधीअनुसार अहिले ७५३ स्थानीय तहका सामुदायिक विद्यालयमा नर्स राख्ने क्रम जारी छ । सुरुवाती चरणमा स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखाका अनुसार फागुन अन्तिमसम्म गाग्मती प्रदेशका सबै ११९ स्थानीय तहमा ३/३ जनाका दरले ३५९ विद्यालयमा नर्स नियुक्त गरिएको छ । त्यस्तै प्रदेश २ मा ११८ वटा विद्यालयमा विद्यालय नर्स नियुक्त गरिएको छ । गण्डकी प्रदेशका ३० वटा स्थानीय तह,  लुम्बीनीका ३६ वटा स्थानीय तहले आफ्नै पहलमा विद्यालयमा नर्स नियुक्त गरेका छन् ।  कर्णालीमा ८० वटा विद्यालयमा र सुदूरपश्चिममा ९० वटा स्थानीय तहमा विद्यालयमा नर्स पुगिसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नर्स भएका विद्यालयमा के–के सुविधा ?
‘एक विद्यालय एक नर्स’ कार्यक्रम विशेषगरी बाल स्वास्थ्य र किशोर–किशोरीका समस्यालाई सम्बोन गर्ने उद्देश्यले सञ्चालन गरिएको सरकारी कार्यक्रम हो । यो कार्यक्रम लागु भएका विद्यालयमा प्राथमिक उपचारका लागि सबै औषधि उपलब्ध गराइएको छ । यो कार्यक्रम लागु भएका विद्यालयहरुमा छात्राहरुका लागि निःशुल्क स्यानिटरी प्याड, किशोरावस्थासम्बधि परामर्श सेवा र दिवा खाजा कार्यक्रमसमेत लागु गरिएको छ । विद्यालयमा भएका नर्सले आँखा, कान, घाँटी, छालासम्बन्धि आधारभूत स्वास्थ्य समस्याको प्राथमिक उपचार सेवा प्रदान गर्नेछन् । यो वर्षदेखि थप सेवा विस्तार र स्क्रिनिङको योजना रहेको नर्सिङ महाशखा प्रमुख रोशनी लक्ष्मी तुइतुईले बनाइन् । तुइतुईका अनुसार ती सेवाका लागि महाशाखाले नर्सहरुलाई भर्चुअल तालिम दिने काम भइरहेको छ । नर्सहरुले गर्ने काम र उनीहरुको क्षमता अभिवृद्धिका लागि विद्यालय नर्सको सफ्टवेयर तयार गरिएको छ । जसले उनीहरुका कामको दैनिक रेकर्ड राख्नेछ भने थप सेवा विस्तारका लागि परामर्श प्रदान गर्न सकिनेछ । 

कोरोनाकालमा क्वारेन्टिनमार्फत् सेवा 
लकडाउन र कोभिड–१९ संक्रमण उच्च भएको बेला अधिकांश विद्यालयहरुमा भर्खरै विद्यालय नर्स नियुक्त भएका थिए । विद्यालयमा नै क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माण गरिएपछि अधिकांस विद्यालय नर्सहरुले क्वारेन्टिन र होल्डिङ सेन्टरबाट सेवा दिएका थिए । “कोरोनाकालमा हामीले केन्द्रबाट उनीहरलाई गाइड गथ्र्यौं र उनीहरुले विभिन्न क्वारेन्टिन र होल्डिङ सेन्टरमार्फत सेवा दिएका थिए । विद्यालयका लागि नियुक्त गरिएको भए पनि हाम्रा नर्सहरु कोरोनाकालमा खाली बसेनन् । यो हाम्रो लागि गौरवको विषय पनि हो,” नर्सिङ महाशाखा प्रमुख तुइतुईले भनिन् । उनी भन्छिन् “विद्यालय खुले पनि पनि विद्यार्थीलाई विद्यालय आउने वातावरण मिलाउन निकै कठिन भएको थियो । विद्यालय नर्समार्फत कतिपय विद्यार्थी, अभिभावकलाई मनोपरामर्श सेवासमेत दिइयो । अहिले पनि प्रायः  विद्यायलहरुमा नर्सहरुकै परामर्शका कारण विद्यार्थीको उपस्थिति बढाउन सहज भएको छ ।” 

Global Ime bank

विद्यालय नर्स राखेपछि विद्यार्थीको उपस्थिति बढ्यो 
वाग्मती प्रदेशमा गरिएको पछिल्लो वर्षको अध्ययनमा विद्यालय नर्स नियुक्त गरेपछि विद्यार्थीको उपस्थिति बढेको पाइएको थियो । वाग्मती प्रदेश विद्यालय नर्स संयोजक बिनु कक्षपतिका अनुसार विद्यालय नर्स विद्यार्थीका साथीजस्तै बनेका छन् । विशेषगरी किशोरावस्थाका छात्र–छात्राहरुले आप्mना समस्या र जिज्ञासाहरु खुलेर राख्ने गरेका छन् । नर्सहरुले दिने मनोपरामर्शले उनीहरुलाई नर्सको नजिक बनाएको छ । शिक्षक शिक्षिकासँग राख्न नसकेका समस्यासमेत नर्सहरुमार्फत् समाधान हुने भएकाले विद्यालय नर्स विद्यार्थीका साथी बनेका छन् । 

त्यसैगरी किशोरीहरुमा हुने महिनावारीसम्बधि समस्या, स्यानिटरी प्याडको सहज उपलब्धताले पनि छात्राहरुको उपस्थिति बढाएको छ । कक्षपति भन्छिन् “कतिपय अवस्थामा किशोरावस्थामा आउने नकारात्मक सोचहरुलाई बदल्न र समाधानको उपाय खोज्न पनि नर्सहरुको सहयोगी भूमिका रहन्छ । यसले किशोरावस्थामा हुनसक्ने नराम्रा घटनाहरुबाट विद्यार्थीलाई जोगाएको छ ।” 

‘एक विद्यालय एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएपछि वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेटसमेत थप गरेको थियो । अहिले यो कार्यक्रमका लागि ५ लाख ७० हजार प्रतिविद्यालय बजेट विनियोजन गरिएको छ । जसबाट नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिकसहित अन्य कार्यक्रम सञ्चालन गर्दै आइएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ०६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC