site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तीनवटा डकुमेन्ट बोकेर भूगोलमा जाने खनाल–नेपाल समूहको तयारी, यस्तो छ रणनीति 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकीकृत पार्टी सञ्चालन गर्न नचाहेको निष्कर्ष निकालेको छ । शनिबार भएको केन्द्रीय सदस्यहरुको अनौपचारिक भेलाले ओली सर्वोच्च अदालतको फैसलाअनुसार जेठ २ मा फर्कन नचाहेकाले समानान्तर कमिटीलाई निरन्तरता दिने निर्णय गरेको छ ।

“केपी ओली जेठ २ गतेअघि फर्कँदैनन् । महाधिवेशन घोषणा गरे, आयोजक कमिटी बनाए । पछिल्ला निर्णयले समस्या थपिँदै गएका छन् । यसको निष्कर्ष भनेको एकीकृत पार्टी नचलाउने नै हो । हामीले समानान्तर कमिटीलाई निरन्तरता दिनुपर्छ । संगठित गरिरहनुपर्छ । त्यसका लागि हामी कसरी यहाँ आइपुग्यौँ भन्ने कुराहरु समेटेर सामग्री प्रकाशन गर्ने र त्यसलाई छिटोभन्दा छिटो देशव्यापी रुपमा कार्यकर्तामाझ लिएर जानुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ," एक केन्द्रीय सदस्यले भने ।

सर्वोच्च अदालतको फैसलाले एमाले साबिकको अवस्थामा फर्किए पनि अध्यक्ष ओलीले फागुन २८ गते केन्द्रीय कमिटी बैठक र त्यसपछि  संसदीय दलको बैठक राखेर केही महत्वपूर्ण निर्णय गरेका थिए । त्यसले एमाले विवादभित्र चर्किएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

खनाल–नेपाल समूहले पछिल्ला निर्णय फिर्ता लिनुपर्ने माग गर्दै आएको छ  । तर, ओलीले विधानसम्मत निर्णय गरेको जिकिर गर्दै पछि नहट्ने बताउँदै आएका छन् । खनाल–नेपाल समूहले भने ती निर्णय फिर्ता लिएर पार्टीलाई एकताबद्ध बनाउन माग गर्दै सार्वजनिक वक्तव्य निकाल्ने तयारी गरेको छ ।

वक्तव्य निकाल्दै खनाल–नेपाल समूह 
केन्द्रीय कमिटीका ती सदस्यका अनुसार केन्दीय सदस्यहरुका सुझाव समेटेर वक्तव्य निकाल्ने जिम्मेवारी नेता भीम रावललाई दिइएको छ । सम्भवतः भोलि वक्तव्य जारी हुने केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।

Global Ime bank

“वक्तव्यमा अदालतले भनेमुताबिक जेठ २ गतेको कमिटी विधान, कार्यक्रम, जिम्मेवारी ब्युँताउन माग गर्नेलगायतका विषय समेटिनेछन्,” राईले भने ।

एमालेमा नै रहेर संघर्ष गर्ने 
खनाल–नेपाल समूह ओलीले एकीकृत पार्टी नचाहेको ठहर गर्दै पार्टीभित्रै रहेर संघर्ष गर्ने निचोडमा पुगेको छ । दोस्रो तहका नेताहरुले एकताका लागि संवाद गर्ने र पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय भएको एक सदस्यले बताए ।

“वार्ताको ढोका बन्द नगर्ने । शीर्ष नेताहरुबीच त अहिले नै वार्ता सम्भव नहोला, द्रोसो तहका नेताहरुले एकताका लागि वार्ता जारी राख्ने । अहिले नै पार्टी छुट्ट्याएर, फुटाएर अरु कोहीसँग एकता गर्ने भन्ने कुरा हुँदैन । पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्छ भन्ने निष्कर्षमा छौँ,” ती नेताले भने ।

तीनथरी डकुमेन्ट बोकेर भूगोलमा
“केही समय अल्मलियौँ । अब एक महिनाचाहिँ धुलीमाटी भएर भूगोलमा तीनखालको डकुमेन्ट लिएर जाने,” ती नेताले भने । उनका अनुसार तीन डकुमेन्टमध्ये पहिलो भनेको राष्ट्रिय भेलामा नेता माधवकुमार नेपालले प्रस्तुत गरेको र आएका सुझाव समेटिएको एउटा दस्तावेज हुनेछ ।

अर्को, स्पष्टीकरणका लागि सोधिएका प्रश्न र खनाल–नेपाल समूहले दिएको जवाफी प्रतिप्रश्नलाई पनि भूगोलसम्म पुर्‍याइनेछ ।

एमालेका महासचिव ईश्वर पोखरेलले नेताहरु माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीविरोधी गतिविधि गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएका थिए । नेता नेपाल र रावलले त्यसको जवाफ दिँदै अध्यक्ष ओलीलाई प्रतिप्रश्न गरेका छन् ।

त्यस्तै, ओलीले हालसम्म पार्टीमा गुटबन्दी कसरी गर्दै आए भन्ने विषय समेटिएको डकुमेन्ट हुने ती केन्द्रीय सदस्यले जानकारी दिए ।

“केपी ओलीले कसरी गुटबन्दी गर्दै आए ? मदन भण्डारी फाउन्डेसन हुँदै झापाका चुनावमा विद्रोही सभापति उठाउनेदेखि लिएर गुटबन्दी गरेका कुरा समेटिनेछन् । अर्को, नवौँ महाधिवेशनले गरेका नीति-कार्यक्रम किन पछ्याउनु भएन भन्ने डकुमेन्ट बोकेर जिल्ला जाने भन्ने टुंगोमा पुगेका छौँ,” ती नेताले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  २२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC