site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस नेता अफताब आलमसहित चार जनालाई जन्मकैद
फाइल तस्बिर ।

काठमाडौं । जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो । इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने फैसला गरेको हो ।

Dabur Nepal
NIC Asia

यस मुद्दामा प्रतिवादी बनाइएका मुक्ति साहले भने सफाइ पाएका छन् ।

आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro