site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यसरी चल्दै छ दोस्रो चरणको खोप अभियान
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानअन्तर्गत मुलुकभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने क्रम जारी छ । फागुन २३ गतेदेखि सुरु भएको अभियानमा २४ गतेसम्म ४ लाख ३२ हजार ४६८ जनाले खोप लिएका छन् । मुलुकभरका दुई हजार ९८९ खोप केन्द्रबाट वितरण गरिने दोस्रो चरणको खोप अभियान २० दिनसम्म चल्नेछ । 

दोस्रो चरणको प्राथमिकतामा कोको ? 
दोस्रो चरणको खोप अभियानअन्तर्गत खोप लगाउने व्यक्तिहरूलाई दुईवटा प्राथमिकता वर्गमा राखिएको छ । पहिलो प्राथमिकतामा हिमाली जिल्लाका ५५ वर्षमाथिका र अन्य जिल्लाका ६५ वर्षमाथिका सबै नागरिकलाई खोप दिने सूचीमा राखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो सूचीमा १६ लाख जनसंख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । त्यसैगरी दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका ज्‍येष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, सामुदायिक र निजी विद्यालयका शिक्षक कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई राखिएको छ । यो समूहअन्तर्गत करिब ४२ लाख नागरिकलाई खोप दिइनेछ । यी नागरिकलाई नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र, कार्यालयको परिचयपत्रका आधारमा खोप दिइनेछ । परिचयपत्र उपलब्ध नहुनेका लागि वडाको सिफारिसका आधारमा खोप दिइनेछ । 
दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका नागरिकलाई २० दिनभित्रमा खोप दिने सरकारको लक्ष्य छ भने त्यसपछि निरन्तर अभियान जारी रहनेछ । 

खोप ढुवानी र वितरण कसरी हुँदै छ ?
दोस्रो चरणको खोप वितरणका लागि फागुन २३ गते मुलुकभर १५ लाख डोज पुर्‍याइएको थियो । सबै वडामा पायक पर्नेगरी खोप केन्द्र तोक्ने सरकारको लक्ष्य भए पनि सोमबारसम्म दुई हजार ९८९ केन्द्रबाट खोप वितरण भइरहेको छ । 
खोप लिने वर्गका लागि पायक पर्नेगरी खोप केन्द्र बढाउन सकिने स्वास्थ्य सेवा विभागले जनाएको छ । सबै जिल्लाका खोप केन्द्रहरूमा खोप पर्याप्त मात्रामा पठाइएको र केन्द्रको भण्डारण कक्षमा तीन लाख ४८ हजार डोज खोप बाँकी रहेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्था शाखा प्रमुख उपेन्द्र ढुंगानाले बताए ।

Global Ime bank

सरकारले असार अन्तिमसम्म ७० लाख नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले कोभिड १९ विरुद्धको खोप दिइएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC