site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश १ मा पाँच दिनमा १३ हजारले लगाए
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ मा अपेक्षित रुपमा कोरोनाविरुद्धको खोप अभियानले गति लिन नसकेको देखिएको छ । भारत सरकारको अनुदानमा नेपालले प्राप्त गरेको कोभिसिल्ड खोप माघ १४ गतेबाट लगाउन सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रमकै दिन प्रदेश सरकारले २८ हजारभन्दा धेरैलाई एकै दिन खोप लगाइने घोषणा गरेको थियो । तर, तुलनात्मक रुपमा हेर्दा खोप अभियान योजना गरेअनुसार अघि बढ्न नसकेको देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म १३ हजार २८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेश १ मा खोप कार्यक्रम सुरु भएको ५ दिन भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार सुनसरीमा दुई हजार ६५४, झापामा दुई हजार ५८१, मोरङमा दुई हजार २२४, इलाममा एक हजार १०४, भोजपुरमा ५८२, ओखलढुङ्गामा ५६३, धनकुटामा ५३९, पाँचथरमा ४८९, तेह्रथुममा ४४२, खोटाङमा ३४६, उदयपुरमा ३३४, सोलुखुम्बुमा २२६, संखुवासभामा २८१ र ताप्लेजुङमा २१८ जनाले खोप लगाएका छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले पहाडी र हिमाली जिल्लामा समेत खोप अभियान सुरु भइसकेको जनाएका छन् । बस्नेत भन्छन्,“तर तोकिएकै अवधिमा अभियानमा सहभागी गराएर सबैलाई खोप लगाउने सरकारको योजना छ ।” 

Global Ime bank

प्रदेश १ मा पहिलो चरणमा सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सफाइकर्मीसहित ३५ हजार ५७६ लाई खोप लगाइने कार्यक्रम छ । प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३-३ र अन्य जिल्लामा १-१ वटा खोप केन्द्रमार्फत खोप लगाइँदै आएको छ । प्रदेश २ का सिरहा र सप्तरीको लागि पनि विराटनगरस्थित औषधि गोदामबाटै खोप पठाइएको छ ।

चिकित्सकहरूले यो खोप मानवका चरणबद्ध रुपमा परीक्षण भएकाले लगाउन कुनै डर नहुने बताएका छन् । कोसी कोभिड १९ अस्पतालका संयोजक डा. दीपक सिग्देलले कोभिसिल्ड तेस्रो चरणको समेत परीक्षण पास गरेर आएकाले यो खोप लगाउन कुनै जोखिम नभएको प्रतिक्रिया दिएका छन् । सिग्देल भन्छन्, “पहिलो खोप लगाएपछि दोस्रो डोज पनि लगाउनुपर्छ यसले शरीरमा एन्टीबडी विकास गरेर कोरोनाविरुद्ध लड्ने शक्ति प्रदान गर्दछ ।” खोपले नकारात्मक असर गर्ने विषयमा यदि कसैलाई विगतमा कुनै खोप लगाउँदा नै एलर्जीको समस्या रहेको थियो भने कोरोना खोप नलगाउन सिग्देलले सुझाव दिए ।

कोसी अस्पतालका मेसु डा. चुमनलाल दासले आफूले अभियान उद्घाटन गर्दै खोप लगाएको तर त्यसले कुनै नकारात्मक असर नगरेको बताउँदै भने,“सबै स्वाथ्यकर्मी र सरकारले खोप लगाउन मापदण्ड तोकेका महानुभावहरूलाई खोप लगाउन अनुरोध गर्दछु ।” दासले कोरोनाको संक्रमणलाई समाजमा फैलनबाट रोक्न हर्ड इम्युनिटी नै चाहिने भएकाले खोप यसको उचित विकल्प भएको सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC