site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिनामंगलको होटेलमा युवायुवती मृत फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एउटा होटेलमा आइतबार युवायुवती मृत अवस्थामा फेला परेका छन् । होटेल जन्मभूमिको एकै कोठामा उनीहरूका दुई शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी शर्मिलाकुमारी माझीको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरू उक्त होटेलको चौथो तलास्थित कोठा नम्बर १२० भाडामा लिएर बसेका थिए ।

आइतबार बिहान करिब साढे ७ बजे प्रहरीले उक्त सूचना पाएको थियो । झुन्डिएर मृत्यु भएको अवस्थामा उनीहरूका शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro