site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सडक भत्काउँदै छाड्दै !
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा कहिले मेलम्ची खानेपानीको नाममा त कहिले सडक विस्तारको नाममा, कहिले ढल निकासको नाममा त कहिले भूमिगत केबलको नाममा जथाभावी सडक भत्काउँदै छाड्ने काम उपत्यकामा यत्रतत्र देख्‍न सकिन्छ ।

यस्ता विभिन्नखालका आयोजनामा निर्माण व्यवसायीलाई सडक भत्काउन हतारो हुन्छ । तर, भत्काएका सडकको मर्मत–सम्भारमा खासै ध्यान दिइँदैन । यसको प्रत्यक्ष मारमा उपत्यकावासी छन् ।

‘मेलम्चीको काम सकिएपछि धुलोधुवाँमुक्त’
काठमाडौं महानगरपालिकाले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएपछि काठमाडौं धुलोधुवाँमुक्त हुने बताउँदै आएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची खानेपानीको काम सकिएपछि काठमाडौंवासी धुलोधुवाँमुक्त हुने दाबी गर्दै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गत पुस २२ गते काठमाडौं महानगरपालिकाले मेलम्ची नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको थियो । सो अवसरमा मेयर शाक्यले भनेका थिए, ‘‘मेलम्ची खानेपानीको काम अन्तिम चरणमा पुगेको छ । काम सकिएपछि काठमाडौं धुलोधुवाँमुक्त हुनेछ ।’’

‘तत्काल धुलोधुवाँ र हिलोमुक्त हुन मुस्किल’
सडक विभागका अधिकारीहरु भने उपत्यकावासी तत्काल धुलोधुवाँ र हिलोमुक्त नहुने बताउँछन् । सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको काम, ढल निकास, नेपाल विद्युत् प्राधिकरणको बिजुलीको केबल भूमिगत गर्ने काम भइरहेको छ ।

Global Ime bank

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीका अनुसार तत्काल राजधानी धुलोधुवाँ र हिलोमुक्त हुँदैन । ‘‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले उपत्यकाका बाँकी क्षेत्रमा मेलम्चीका पाइप बिछ्याउन सहमति मागेको छ,’’ उनले भने, ‘‘एकातिर विद्युत्का केबल तार भूमिगत भइरहेका छन् । अब केही क्षेत्रमा पाइप बिछ्याउने काम अघि बढाउन लागेको छ । केबल भूमिगत र खानेपानीका पाइप बिच्छ्याउन सडक विभागले अनुमति दिनैपर्ने छ ।’’ सोही कारण तत्काल काठमाडौंवासी धुलोधुवाँ र हिलोमुक्त नहुने कार्यालयको भनाइ छ ।

चक्रपथभित्र धुम्बाराहीदेखि कलंकीसम्मका विभिन्न क्षेत्रमा साढे तीन सय किमि पाइप बिछ्याउन बाँकी रहेको केयूकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । चक्रपथबाहिर पनि चार सयदेखि पाँच सय किमिमा वितरण सञ्जाल विस्तारको काम गर्ने योजना रहेको छ ।  

महाराजगन्ज, सामाखुसी, कलंकी, पेप्सीकोला, गोठाटार, ठिमी, भक्तपुर, कीर्तिपुर, कपन, बौद्ध, चाबहिल, जोरपाटी, मन्डिखाटारलगायतका क्षेत्रमा पाइप बिछ्याउन सडक खन्नुपर्ने छ । निर्देशनालयका अनुसार चक्रपथभित्र पाइप बिछ्याउन थालेपछि उपत्यका फेरि धुलाम्य हुनेछ । उक्त कामका लागि करिब ८ अर्ब रुपैयाँ खर्च गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता उज्ज्वल प्रजापतिका अनुसार सुन्दरीजलदेखि चाबहिलसम्म नयाँ पाइप वितरण लाइन बिछ्याउन लागिएको छ । ‘‘मुख्य क्षेत्रमा धुलोधुवाँ र हिलो हुन नदिने उपाय पनि अवलम्बन गरिने छ,’’ उनले भने, ‘‘विभिन्न प्रविधि प्रयोग गर्ने योजना छ । सबै सडकमा प्रविधि नपुग्न सक्छ ।’’

भूमिगत केबलले कुरुप बने सडक 
गत वर्षको फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका मुख्य सडकमा तार भूमिगत गर्ने परियोजनाको उद्घाटन गरेका थिए । अहिले काठमाडौंका विभिन्न सडकखण्डमा भूमिगत केबल पाइप असरल्ल पारेर राखिएका छन् । अस्तव्यस्त तरिकाले काम भएको भन्दै सडक विभागले आपत्ति जनाएको छ ।

सडक विभागले ‘होराइजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट तार अन्डरग्राउन्ड गर्ने गरी विद्युत् प्राधिरकणसँग सम्झौता गरेको थियो । यो प्रविधिमा करिब २ सय मिटरको अन्तरमा सडकमा खाल्डो खन्नुपर्छ । त्यस्तो खाल्डो १० दिनभित्र पुर्ने सहमति पनि भएको थियो ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा विद्युत् प्राधिकरणले समझदारीअनुसार काम नगरेको बताउँछन् । ‘‘खनेको सडकमा छिटो कालोपत्रे गर्न आग्रह गरे पनि ढिलाइ हुँदा सडकमा धुलो जम्मा भएको छ,’’ उनले भने, ‘‘खनिएका सडक कालोपत्रे गर्न भनेका थियौँ । तर, उनीहरुले अटेर गरिरहेका छन् । अन्डरग्राउन्ड गर्न खनिएका खाल्डा समयमै पुरिँदैनन् । यसले स्थानीय र यात्रीलाई हिलो र धुवाँको सास्ती भइरहेको छ ।’’

काठमाडौं सडक विस्तारको योजनामा म्याद नथपिएका योजना विरलै भेटिन्छन् । वि.सं. २०७२ सालमा विस्तारको काम सुरु भएको चाबहिल–साँखु सडकखण्डमा अझै पनि पिच हुन सकेको छैन । दशकौँदेखि त्यहाँका स्थानीय बासिन्दाहरु हिलो र धुलो खेप्न बाध्य छन् ।

अर्कातिर सातदोबाटो–ढोलाहिटी सडकखण्डको निर्माण पनि हुन सकेको छैन । गोदावरी जाने सडकखण्ड पनि अलपत्र अवस्थामै रहेको देखिन्छ । राजधानीका अधिकांश सडकको हालत यस्तै छ ।

कलंकी-महाराजगन्ज-धोबीखोला सडकखण्डमा साइट क्लियर गर्ने काम भइरहेको छ । जुन ठाउँमा जथाभावी इँटा राखिएका छन् । कच्ची सडकमा गुड्ने सवारी–साधनले चक्कामा हिलो लिएर आउँछन् । त्यो पक्की सडकमा आएर सुकेर झर्दा पक्की सडक पनि धुलाम्य हुने गरेका छन् ।

काठमाडौं महानगरपालिका वातावारण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार संरचना निर्माणका टिपरले बालुवा, गिट्टी सडकमा झारेका कारण सडक कुरुप देखिएको छ । महानगरपालिकाले पक्की सडकमा रहेको धुलोधुवाँ व्यवस्थापन गर्दै आएको छ । ‘‘अहिलेसम्म पाँच हजार सन्तानब्बे टन धुलो उठाएका छौँ,’’ उनले भने ।

कोरोना महामारी नियन्त्रण गर्न चैतमा लकडाउन भयो । त्यति बेला सडक चिल्ला थिए । सवारी नगुडेका काठमाडौंका सडक ‘भाइरल’ बनेका थिए । तर, अहिले सडक पुरानै अवस्थामा पुगेको छ । समाधानका विकल्प खोजी गरिरहेको वातावरण विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय