site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डको उद्घोष- मर्न तयार छौं (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसद् विघटनविरुद्ध संघर्ष गरिहरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आक्रमक रुपमा प्रस्तुत हुने संकेत देखिएको छ । काठमाडौंमै संघर्ष शिथिल बनेको आरोप पार्टीकै नेता कार्यकर्ताहरुले आरोप लगाइरहेका थिए । पार्टीको स्थायी कमिटी बैठकमा समेत आन्दोलन सशक्त नभएको भन्दै आक्रामक बनाउनुपर्ने विषयमा छलफल भएको थियो । नेकपाले माघ ९, १६ र २३ गते सशक्त आन्दोलनको घोषणा पनि गरेको छ ।

संसद् विघटनविरुद्धको संघर्षका कार्यक्रमअन्तर्गत आज अनेरास्ववियूले प्रज्ञा भवनमा आयोजना गरेको भेलामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तेजित अभिव्यक्ति दिए । उनले अबको आन्दोलन हिंसात्मक हुने संकेत गरे । 

"तपाईंहरु आक्रामक ढंगले आउन जरुरी छ । त्यसो भनेर बुढै त भइएको छैन । ९ गते हामी अलि म्यासिभली जानेछौं । अग्रपंक्तिमा यसपटक हामी अग्रपंक्तिमा हुनेछौं, " उनले भने, "हिजो गिरिजाबाबु अथवा झलनाथ, माधवजीले लाठी खाएजस्तो मलाई किन-किन मेरो पनि टाउको चिलाएको हो । लाठी खान मन छ योपटक।"

Prabhu Bank
Agni Group
NIC Asia

यसअघिका कार्यक्रममा उनले आफूहरु शान्तिपूर्ण आन्दोलन मात्रै गर्ने जिकिर गर्दै आएका थिए । तर, विद्यार्थी नेता कार्यकर्ताहरुलाई आक्रामक शैलीमा प्रस्तुत हुन निर्देशन दिए । 

“गर्जिनुपर्ने बेला भयो । अब शाकाहारी आन्दोलनले पुग्दैन । त्यसलाई त उनले गन्नेवाला नै छैनन्,” उनले मुठभेडमै उत्रनेतर्फ संकेत गर्दै भने, “यस्तो शाकाहारी आन्दोलन पार्टीभित्र कति गरियो गरियो । अब यस्तो आन्दोलनले हुँदैन । युवा-विद्यार्थी तयार हुनुपर्छ ।”

Global Ime bank

उनले आनदोलनमा उत्रिनेहरुको टाउको रक्षाका लागि आफ्नो टाउको फुटाउन तयार रहेको भन्दै युवाहरुलाई उत्तेजति बनाए । उनको अभिव्यक्तिमा प्रज्ञा प्रवनमा रहेका उपस्थित युवाहरुले ताली र सिठ्ठीमा लोली मिलाए ।

उनले देशमा डरलाग्दो षड्यन्त्र भइरहेको बताउँदै युवाहरुको ऐतिहासिक काँधमा आएको बताए । देशलाई अँध्यारो सुरुङमा धकेल्ने षड्यन्त्र भइरहेको उनको भनाइ थियो । कार्यक्रममा प्रचण्डले देशलाई प्रतिक्रान्तिबाट जोगाउन मर्नसमेत तयार रहेको बताए ।

मर्न तयार छौं 
कार्यक्रममा प्रचण्डले संसद्‌विरुद्धको आन्दोदलनमा आफूहरु मर्नसमेत तयार रहेको उद्घोषसमेत गरे । "देशलाई प्रतिक्रान्ति अँध्यारोको भड्खालोमा हालेको हेर्न सकिँदैन। हिजो पनि मर्न हिँडेको हो । जरुरी पर्छ भने मर्न तयार । झुक्न तयार छैनौं,’’ प्रचण्डले भने । 

अदालतप्रति भरोसा गुमेको संकेत 
भेलामा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहले अदालत र निर्वाचन आयोगलाई धम्याक्याएको बताउँदै सेटिङ भन्ने शब्दप्रति आशंका गर्नुपर्ने बताए । "ओलीले अदालतलाई पनि जे भन्यो त्यही मान्नुपर्छ भन्या छन् । पोलिटिकल डिसिजन मान्नुपर्छ भन्या छन् । हामीले त निर्वाचन आयोग अदालतलाई केही भनेका छैनौं । हामीले विश्वास व्यक्त गरेका छौं,’’ प्रचण्ड भन्छन्, "तर केपी र केपीनजिकका मान्छेहरुले सेटिङ भइसक्यो । सूर्य पनि हाम्रै हुन्छ भनेको देख्दा । सेटिङ शब्दभित्र शंका गर्नुपर्ने भएको छ ।"

उनले संवैधानिक निकायमाथि विश्वास रहेको बताए पनि भरोसा नरहेको प्रस्ट पारे । उनले संसद् पुन:स्थापना हुनेमा आशंका प्रकट गर्दै जनताले फैसला गर्ने बताए । "संवैधानिक संस्थाप्रति अविश्वास र गुनासो छैन । गलत फैसला भयो भने के गर्ने त्यतिबेला सोचौंला । तर हामीलाई सबैभन्दा भरोसा जनतामाथि नै छ । इतिहासको निर्माता जनता हो अरु कोही होइन । जनताले सडकबाटै ठूलो ठूलो फैसला गरेको छ ।"

ओलीप्रति कटाक्ष : नांगै छ, हाँस्दै हिँड्या छ
कार्यक्रममा प्रचण्डले ओली मलामी जाँदा हास्‍ने र जन्ती जाँदा रुने प्रवृत्तिको मान्छे भएको टिप्पणी गरेका छन् । उनले देश पीडामा भएका बेला ओली कमेडी गर्दै हिँडेको बताए । उनले ओली गणतन्त्रविरोधी भएकोसमेत बताए ।

उनले गणतन्त्र ल्याउँदा ओली रुँदै हिँडेको कटाक्ष पनि गरे । अहिलेको मुलुकको परिस्थिति सामान्य नभएको प्रचण्डको भनाइ छ । आफूहरुले ओलीलाई चिन्न ढिलो गरेको पनि उनले बताए । उनले ओलीलाई अस्वभाविक प्रवृतिको व्यक्ति भएको आरोपसमेत लगाए ।

"मलामी जाने बेला हाँस्दै हिँड्नुभएको छ । जन्त जाने बेलामा रुँदै हिँड्नुहुन्छ । यस्तो मान्छेलाई कसरी स्वभाविक मान्छे भन्न सकिन्छ ? सहज दिमाग हो त ?’’ उनले भने ।

उनले आफूहरुलाई प्रधानमन्त्री बन्नका लागि हिँडेको भन्ने ओलीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने, ‘‘नांगै छ, हाँस्दै हिँड्याछ ।"

मणि थापाप्रति कटाक्ष : विचरा भनेर स्थायी कमिटीमा ल्याएको, मन्त्रीसँग साटे 
प्रचण्डले कार्यक्रममा खानेपानी मन्त्री तथा स्थायी कमिटी सदस्य मणि थापाप्रति आक्रोश व्यक्त गरे । उनले आफूले विचरा भनेर स्थायी कमिटी सदस्य बनाएको र त्यसलाई मन्त्री पदसँग साटेको आरोप लगाए । अहिले नयाँ जोगीले जसरी खरानी घसेर हिँडेको आफूले चिन्दै नचिन्ने भन्दै कटाक्षसमेत गरे ।

"उनीसँग लोभ लालचमा केही नयाँ जोगी । मलाई त लाज लागेको छ । ती जोगीहरु देखेर खरानी घस्याछन् । अनुहार नै चिनिँदैन । कहिलेकाहीँ आफैंलाई देखेर हैरान हुन्छु,’’  प्रचण्डले कटाक्ष गरे, "एकजना मान्छे नभएकालाई ल्याएर मैले जे भए पनि विचरा भनेर स्थायी समितिमा ल्याइदिएको त मन्त्रीका लागि साटे । उनको मैले अनुहार नै चिन्दिनँ आजभोलि । सबैभन्दा बढी खरानी तिनले घस्याछन् ।"

‘बरु आधा पेट खाऔं, पटुका कसेर आन्दोलनमा होमियौं’
कार्यक्रममा वरिष्‍ठ नेता झलनाथ खनालले ९ गतेको प्रदर्शनमा दुई लाख जनता सडकमा उतार्ने उद्घोष गरे । उनले त्यो दिन उपत्यका तहसनहस बनाउने गरी आन्दोलनमा जुट्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए । "९ गते दुई लाख जनता काठमाडौंको सडकमा उतारौं । बरु हामी आधा पेट खाऔं, पटुका कसेर हिँडौं । आन्दोलन सफल पार्नै पर्छ,’’ खनालले भने । 

भीम रावलले सुनाए कविता 
कार्यक्रममा स्थायी कमिटी सदस्य भीम रावलले ओलीप्रति लक्षित कविता सुनाएका थिए ।
संविधान तिमीले कुल्चियौ किन जनमत बिर्सेर,
तिम्रा ती वाचा संविधानसभा हेर्छौं कि फर्केर…

कविता सुनाएका थिए । उनले कविता वाचन गर्ने क्रममा चर्को हुटिङ लागेको थियो ।

त्यस्तै उनले ओलीलाई सुधार्न नसिकिएको र बालुवाटार नै गन्हाउने भएको टिप्पणी गरेका थिए । "हामीले पद्धतिका डल्लाले उहाँलाई सफा गर्ने प्रयास गर्यौं । हामीले जनमतको डल्लाले बाटो दुखाउने प्रयास गर्यौं । ड्रमका ड्रम पद्धति सकिए, सिद्धान्त सकिए । जनतामको व्यापक ठूलो डल्लोले खोज्यौं । तर, एमाले भन्ने पार्टी थियो  त्यसमा उहाँ  हरक्षण गुटबन्दी गर्नुहुन्थ्यो,’’ रावलको कटाक्ष थियो, ‘‘विधि पद्धति उल्लंघन गर्नुहुन्थ्यो, हामीले उहाँलाई सम्हाल्दै सम्हाल्दै, डल्लाले धुँदै-धुँदै ल्याएको त पार्टी एकतापछि प्रधानमन्त्री पदमा गएपछि त यति गनाउनुभएछ, यति फोहोर भएछ ती कुनै डल्ला काम लागेनन् । त्यसकारण हामी दुखित छौं ।’’

-तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्खरी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC