site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा (एस)माथि खनिए ओली, माधव नेपालको निष्कर्ष : धोका भयो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमको मुख्यमन्त्री चयनमा केन्द्रीय  तहको समझदारीविरुद्धमा उभिएपछि अन्योलता बढेको छ ।

आइतबार नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुख नाजिर मियाँले  दुई दिनभित्र निर्णय दिने बताएका छन् ।  उन्मुक्तिका संरक्षक रेशम चौधरीपक्षीय लक्ष्मणकिशोर चौधरी र अध्यक्ष रन्जीता श्रेष्ठ पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । 

केन्द्रीय सत्ता गठबन्धनको एक घटक एकीकृत समाजवादीले पहिले सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुले पाउने सहमति भएको दाबी गर्दै आएको छ ।  एकीकृत समाजवादीले संसदीय दलका नेता दीर्घ सोडारीका नाममा गठबन्धनमा सहमति जुटाउन खोजेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्तिलाई दिने सहमति गरेपछि एकीकृत समाजवादी चिढिएको छ ।  आफ्नो भागमा परेको मुख्यमन्त्री उन्मुक्तिलाई दिन खोजिएपछि असन्तुष्ट एकीकृत समाजवादीले सुदूरपश्चिममा नेपाली कांग्रेसले समर्थन गरेका लक्ष्मण किशोरलाई साथ दिएको हो । 

एकीकृत समाजवादीको निर्णयले गठबन्धन दलमा दरार उपन्न हुने आशंका बढेको छ । 

Global Ime bank

एकीकृत समाजवादी एमाले र माओवादी कसरी अघि बढ्छ भन्ने पर्ख र हेरको नीतिमा देखिएको छ ।  अबको राजनीतिक कोर्ष प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको भूमिकामा निर्भर रहने निष्कर्ष नेताहरुको छ । 

एकीकृत समाजवादीको नेताहरुको सोमबार अनौपचारिक बैठक बसेको थियो ।  बैठकमा अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई कता लैजाने भन्ने विषय ओली र प्रचण्डमा नै निहीत रहने बताएका छन् । 

उनले वाग्मती, लुम्बिनी, मधेस प्रदेशमा भएको सहमति पनि कार्यान्वयन नभएको र आफूहरुलाई किनारा लगाउँदै गएको भन्दै आक्रोश पोखेका थिए । 

“गठबन्धन बनेपछि आएर सहभागिताका लागि आग्रह गर्नुभयो । हामी गठबन्धमा जाँदा सहमति भए । तर, एकपछि अर्का सहमति उल्लंघन भए । हामीलाई किनारा लगाउने व्यवहार देखिँदैछ,” नेपालले नेताहरूसँग भने, “गठबन्धन बनाएको मुलतः ओली र प्रचण्डकै आग्रहमा हो । यो गठबन्धनलाई कसरी लैजान चाहनुहुन्छ । उहाँहरुमा नै निर्भर रहन्छ ।”

बालुवाटारमा आइतबार भएको बैठकमा अध्यक्ष नेपालले सुदूरपश्चिमको नेतृत्व दिने पूर्वसहमति कार्यान्वयन हुनुपर्ने माग राखेका थिए । 

नाउपालाई दिने देखिएपछि नयाँ सहमति भए जानकारी गराउन भनेर निस्किएका थिए । अहिलेसम्म कुनै खबर नआएको एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ बताउँछन् । 

“हिजो नेताहरुले पूर्वसहमति कार्यान्वयन हुनुपर्छ , नयाँ सहमति भए जानकारी गराउनुस् भन्नुभएको थियो । अहिलेसम्म कुनै जानकारी आएको छैन,” श्रेष्ठ भन्छन्, “गठबन्धनलाई कता लैजाने भन्ने कुरामा उहाँहरूको निर्णय निर्भर रहन्छ ।”

एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सदस्य प्रकाश रावलले अहिलेसम्म निर्णय फेरिने अवस्था नरहेको बताए । 

“सुदूरपश्चिमको नेतृत्व हामीले पाउने भन्ने थियो । तर, अन्तिम समयमा निराश बनाउने काम भयो । त्यसैले हामीले नागरिक उन्मुक्तिका अर्का सांसदको पक्षमा उभियौं,” उनी भन्छन्, “अहिलेसम्म हाम्रो निर्णय फेरिने भन्ने छैन । केन्द्रले यसरी हुँदैन, यसरी जानुप¥यो भन्ने अवस्थामा निर्णय फेरिन पनि सक्छ ।”

गठबन्धनमा भागबण्डामा असन्तुष्टि पोख्दै आएको एकीकृत समाजवादीको सुदूरपश्चिमको निर्णय नफेरिए अरु प्रदेश र केन्द्रमा समेत त्यसको असर पर्न सक्ने आकलन हुन थालेको छ ।

अनि खनिए ओली...
एमाले अध्यक्ष ओली एकीकृत समाजवादीको निर्णयमाथि खनिएका छन् ।  सोमबार संसदीय दलको बैठकमा उनले एकीकृत समाजवादीले अराजनीतिक निर्णय लिएको टिप्पणी गरे ।  देशको राजनीति सही दिशामा गइरहेका बेला आशंका, अन्योलकोे पैदा गर्ने निर्णय गरेको भन्दै ओलीले आक्रोश पोखे । 

“एकीकृत समाजवादी नामको पार्टीले अराजनीतिक निर्णय लियो । जुन सही दिशामा राजनीति फर्किंदै थियो । अहिले यतिबेला आन्तरिक रुपमा त्यसमा विपक्षहरुको आशा पलाउने गरी जनतामा आशंका, अन्योल र निराशा केही मात्रामा भएपनि पैदा हुनेगरी त्यस पार्टीले कदम चाल्यो ,” ओलीले भने,“आन्तरिक रुपमा त्यसका बोली, व्यवहार, बार्गेनिङ सबै त्यस्तै खालको थिए । तर हिजो बाहिर नै प्रकट भयो ।”

केन्द्रीय समीकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन नगर्ने र कांग्रेस केन्द्रित समीकरणबाट  समर्थन गर्ने उसको निर्णयले दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भएको ओलीको भनाइ छ । 

“दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगले प्रकट भयो । यस्तो नहुनुपर्ने थियो । कम्युनिष्ट साईनबोर्ड राख्ने, नेकपा राख्ने अगाडि र काम चाहीँ अरुको हितमा गर्ने र समाजवादको पक्षधरहरुलाई कमजोर पार्ने खालको भुमिका बाहिर देखियो,” उनले भने, “सडकमा देखियो  । यसले केही फरक पार्नेवाला छैन ।”

केन्द्रीय समीकरणमा असर गर्छ ? 

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ प्रदेशमा मत नमिल्दैमा केन्द्रीय गठबन्धनमा असर पर्छ भन्ने ठान्दैनन् ।  संघीय प्रणालीमा जाँदा पनि प्रदेशलाई निर्णय गर्ने अधिकार दिने कुरा प्रयोगमा आउन नसकेको उनी स्वीकार्छन् ।  

“प्रदेशको सरकार बनाउने कुरामा कति कुरा मिल्ला कति कुरा नमिल्न सक्छ । त्यहाँ मिल्यो कि मिलेन भन्ने आधारमा नै केन्द्रीय समीकरणलाई हेर्ने कुरा हुँदैन । कुराकानी होला, मिल्दा राम्रो हुन्छ,” उनी भन्छन्,” संघीय प्रणालीमा प्रदेशलाई स्वतन्त्र रुपमा छोड्दिनुपर्ने हो । सरकार गठन, विघटनका कुरामा त्यहाँका पार्टीलाई नै क्षेत्राधिकार दिनुपर्ने हो । तर, हाम्रो अभ्यासमा चाहिँ केन्द्रले नै हेर्न र प्रदेशले पनि केन्द्रले गरिदिए भने हुन्थ्यो भन्ने अपेक्षा राख्ने गरेको छ ।”

एउटै पार्टीभित्र मतभेद रहने भन्दै भिन्न पार्टीहरुका बीचमा राय बाझिनुलाई अन्यथा ठान्न नहुने उनको भनाइ छ । साझा न्यूनतम कार्यक्रमकै विषयमा विवाद नभएकाले सत्तामा असर नपर्ने ठम्याइ गुरुङको छ । 

“एउटै पार्टीभित्र मतभेद हुन्छ भने । भिन्नभिन्न पार्टीका बीचमा आफ्ना राय भइहाल्छ नि ! केन्द्रको सरकारमा न्यूनतम साझा कार्यक्रममा मिल्लेहरुमा विमति भएर केन्द्रमा समीकरणमा जाने कि नजाने भन्ने कुरा भएको छैन । समीकरणमा जाँदा डेमोके्रसीमा कतिसम्म स्वतन्त्र हुने भन्ने कुरामा छलफल चलाउँदै जानुपर्छ ,” गुरुङले बाह्रखरीसँग भने । 

एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सांसद रावल पनि केन्द्रकै समीकरण अनुुसार प्रदेशमा पनि समीकरण हुनुपर्छ भन्ने अनिवार्य नभएको बताउँछन् । 

“केन्द्रको जस्तो सबै प्रदेशमा हुनुपर्यो भन्ने पनि होइन नि त । केन्द्र खलबलिँदा सातै प्रदेशमा खलबलिने, केन्द्रकै अनुसार समीकरण हुनुपर्छ भन्ने जरुरी  हुँदैन । हाम्रोमा अभ्यास नै गलत छ,” रावल भन्छन् ।

एकीकृत समाजवादीका सचिव श्रेष्ठले आफूहरू कम्युनिस्ट घटकहरूको बाहुल्यता रहेको गठबन्धन जोगाउनुपर्छ भन्नेमा नै रहेको बताए । 

“मुलतः वामपन्थीको नेतृत्वमा भएको यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ र मुलुकको हितका पक्षमा काम गर्नपर्छ भन्ने पक्षमा नै छौं,” श्रेष्ठ भन्छन्, “मुुलुकको समृद्धिको पक्षमा दृढ छौं । गठबन्धन बनाउने दलहरुको नियत नै अर्कै हो भने हामीले भन्नु केही छैन । उहाँहरुलाई नै जिम्मा लगाएका छौँ । हेरौं उहाँहरु कसरी जानुुहुन्छ ।”

श्रेष्ठले एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीप्रति आक्रोश पोखेर उत्तेजित बनाउन खोजेको दाबी गरे । 

“अभिव्यक्ति दिएर हामीलाई उत्जेजित बनाउने, भड्काउने खालको नियत देखिन्छ । त्यसबाट हामी भड्किने कुरा हुँदैन । दुनियाँले देखेको छ, को दक्षिणपन्थी विचारले ग्रस्त भएका छन् । आजको यो राजनीति अस्थिरतामा पुग्नुको जिम्मेवार को हो ?,” उनको प्रश्न छ । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC