site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
छायामा परेको बझाङको उपनिर्वाचन कसले जित्ला ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । यतिखेर इलाम–२ को चुनावी चर्चा चुलिएको छ भने प्रदेशसभातिर बझाङ–१ ‘क’ छायामा परेको छ । राजनीतिक दलसहित सम्पूर्णको ध्यान इलाम–२ मा केन्द्रित देखिन्छ । विगतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुँदा पनि प्रदेशसभा सदस्य ओझेलमा पर्दै आएको छ ।

बझाङ–१ को ‘क’ मा ०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री रहँदा सिंहको ०८० असार ५ गते दुर्घटनामा परी निधन भएको थियो । 

बझाङ उपनिर्वाचनका लागि ११ जना उमेदवार मैदानमा छन् । यो निर्वाचन क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन् ।
 
यी हुन् उमेदवार

Prabhu Bank
Agni Group
NIC Asia

एमालेले बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उमेदवार बनाएको छ ।  कांग्रेसले दुर्घटनामा निधन भएका सिंहका छोरा अभिषेकबहादुर सिंहलाई उमेदवार बनाएको छ । माओवादी केन्द्रले प्रदेश सचिव जनकबहादुर बुढालाई उमेदवार बनाएको छ । 

यस्तै, उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही उमेदवार छन् । 

Global Ime bank

जनमत पार्टीबाट सुशीलादेवी विष्ट, दिपकबहादुर खडका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी (जसपा)बाट रामबहादुर जाग्री उमेदवार छन् । नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगर राष्ट्रिय मातृभूमि पार्टीबाट नेपाल गजेन्द्रबहादुर थापा उमेदवार रहेका छन् । 

निर्वाचन आफैंले जित्ने दाबी 

चुनावी मैदानमा होमिएका उमेदवार मतदाताको रोजाइमा पर्न कसरत गरिरहेका छन् । अघिल्लो पटक गठबन्धन गरेका दलहरू यसपटक छुट्टाछुट्टै चुनावी मैदानमा छन् ।

नतिजा आफ्नो पक्षमा पार्न मतदाताको घरदैलोमा छन् । उनीहरूले आफैले चुनाव जित्ने दाबी पनि गरिरहेका छन् ।   यहाँ विगतमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने गर्थ्यो । यसपालि एमाले नतिजा उल्ट्याउने प्रयत्नमा छ । 

यसअघि उमेदवारी नदिएको माओवादी नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । उमेदवारहरू चुनाव जिते विकास गरिदिने आश्वासन मतदातासँग बाँडिरहेका छन् । कांग्रेसका उमेदवार अभिषेक सिंहले निर्वाचन आफूले नै जित्ने दाबी गरे । 

उनले आफ्नो मुख्य प्रतिस्पर्धी को हुन्छ भन्ने अवस्था भने नभएको सुनाए । “म नियमित घरदैलोमा छु । सबै दल आ–आफ्नो तयारीमा रहेकाले मुख्य प्रतिष्पर्धी को हुन्छ भन्ने अवस्था छैन,” अभिषेकले भने, “मेरो ध्यान आफू जित्नेमा मात्रै छ ।”

नागरिकबाट पाएको माया र युवामा देखिएको उत्साहले आफू जित्नेमा विश्वस्त रहेको सिंह बताउँछन् । माओवादीका उमेदवार बुढाले  चुनावी माहोल आफ्नो पक्षमा रहेको सुनाए ।  “चुनावी माहोल अपेक्षा गरेभन्दा पनि एकदमै राम्रो भएको छ । म घरैदेलोमा पुगेँ । संविधान निर्माणदेखि बझाङका हरेक विषयमा विगत २५ वर्षदेखि वकालत गरेकाले मेरो उमेदवारीलाई रुचाएका छन्,” उनी भन्छन् । 

बूढाले कांग्रेस र एमालेमा उमेदवारीका सन्दर्भमा आन्तरिक अन्तरविरोध रहेको र पार्टीले आफूलाई सर्वसम्मत् अघि सारेकाले चुनाव जित्ने दाबी उनको छ ।  एमालेका उमेदवार भण्डारी भने पितृशोकमा छन् । एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैसीले निर्वाचन पार्टीले जित्ने दाबी गरे । अघिल्लो पटकको चुनावमा गठबन्धन हुँदा पनि १३ हजारबढी मत ल्याएको भन्दै सहजै चुनाव जितिने विश्वास उनको छ । 

“पहिले अरु दल एकैतिर हुँदा पनि साढे तीन हजार मात्रै फरक पर्‍यो । अब दलहरू छुट्टाछुट्टै लडेका छन । हामीले लोकप्रिय उमेदवार उठाएका छौं । चुनाव सहजै जितिन्छ,” जैसी भन्छन् । 

यस्तो छ विगत 

०७४ को निर्वाचनमा यो क्षेत्र एमालेले जितेको थियो । एमालेका अर्जुनबहादुर थापा १७ हजार ८६८ मत ल्याएर निर्वाचित भएका थिए ।  उनका प्रतिस्पर्धी कांग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १९७ मत ल्याएकी थिइन् ।

०७९ मंसिरमा भएको निर्वाचनमा यो क्षेत्रमा नतिजा उल्टियो ।  यहाँ तत्कालीन गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । उनले १७ हजार ११२ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए । 

सिंह ३ हजार ६७६ मतान्तरले निर्वाचित भएका थिए । राप्रपा नेपालका कर्णबहादुर खड्काले ४२६ र राप्रपाका हरिलाल भट्टराईले २०४ मत प्राप्त गरेका थिए । ०७९ को निर्वाचनमा प्रतनिधिसभातर्फ भने बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका थिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय