site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाको आक्रोश ओलीको व्यङ्ग्य ! के राजनीतिक संकेत हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन भन्ने चरितार्थ नेपालमा प्रशस्तै देख्न पाइन्छ ।

कुनै कालखण्डमा एकले अर्काको टाउकाको मूल्य तोक्न पनि नेताहरु पछि पर्दैनन् भने एकले अर्कालाई मुखमा आएको जति गाली गर्न पनि पछि पर्दैनन् तर एकले अर्कोको प्रशंसा गर्नुपर्दा पनि त्यसरी नै गर्छन् ।

कहिले हासो ठट्टा त कहिले घोचपेच नेपाली राजनीतिमा निरन्तर चलिरहन्छ । आजसम्म सँगै रहेका नेता तथा पार्टीले भोलि अर्कै गठबन्धन बनाइहाले भने पनि अचम्म नमाने हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको राजनीति कुन दिशातर्फ उन्मुख छ भन्नका लागि नेताहरुले गर्ने सम्बोधन र भाषणबाट संकेत मिल्छ पनि । सोमबार भएको एक कार्यक्रममा पनि प्रमुख दलका शीर्ष नेताहरुले भविष्यको संकेत गर्दै एकले अर्कोलाई गाली, ठट्टा र व्यङ्ग्यसमेत गर्न भ्याए ।

नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसका अवसरमा सोमबार एमालेले आयोजना गरेको कार्यक्रममा यस्तो दृष्य देखिएको थियो ।

Global Ime bank

कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बन्न लागेको गाइँगुइँ चलिरहेका बेला एमालेका नेताहरुले पनि कांग्रेस सभापति शेरबहादुर देउवाको प्रशंसा गर्न भ्याए भने ओलीले पनि गठबन्धन बन्नु र भत्कनु सामान्य प्रक्रियाका रुपमा अर्थ्याए ।

प्रचण्डले सकेसम्म अहिलेकै गठबन्धनमा प्रतिवद्ध रहने संकेत गर्दै अन्य दललाई पनि मिलाएर लैजान आवश्यक रहेको बताए ।उनले विपक्षमा रहेको कांग्रेसलाई पनि चिढ्याउने अभिव्यक्ति भने दिएनन् । सत्तारुढ नेकपा (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहाल प्रचण्ड तत्काल पार्टी एकता नगर्नेमा एकमत देखिए ।

कार्यक्रममा ओली र प्रचण्ड उस्तै सुनिए ।  ‘गणतन्त्र गौरव सम्मान’ पाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनका क्रममा पार्टी विभाजनको समीक्षा गनुपर्ने बताएकी थिइन् । उनले कम्युनिस्ट पार्टी विचार र सिद्धान्तका लागि विभाजन भएको कि पदका लागि भन्ने समीक्षा गर्न सुझाएकी थिइन् । 

“नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन साच्चै सिद्धान्त, विचार र  राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हावी हुँदा भएको हो ? भन्ने जस्ता विषयमा समीक्षा गरि ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठीनाइ हुन्छ,” भण्डारीले कार्यक्रममा भनिन् । 

नेकपाको हिरक महोत्सवको समारोहमा भण्डारीले सँगै स्थापना भएका अरु देशका कम्युनिस्ट पार्टीले कति सफलता हासिल गरे भन्ने कुरा हेर्नुपर्ने भनाइ राखेकी थिइन् । 

कार्यक्रममा प्रमुख वक्ताका रुपमा प्रचण्डले तत्कालीन नेकपा एकता र विभाजनको हेक्का राख्नुपर्ने धारणा राखे ।  उनले पहिलेको जस्तो हतारमा एकता गर्ने पक्षमा नभएको निष्कर्ष सुनाए ।  “हामी पहिलेको जस्तो हतारमा हौसिएर कम्युनिस्ट एकताको भन्ने पक्षमा छैनौं । त्यो बेला अलि बढि हौसिएछौं कि ? समयभन्दा अगाडि नै दौडिएछौं कि भन्ने पनि हेक्का राख्नुपर्ने ठान्छु,” उनले  भने ।

p19-1713784150.jpg
 

२०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो ।  छोटो समयमा नै विवादको उत्कर्षमा पुगेको नेकपा सर्वोच्च अदालतको  ०७७ फागुन २३ को फैसलापछि विभाजित भएको थियो । 

प्रचण्डले सहकार्य गर्दै जाँदा एकताको आधार तयार हुन सक्ने बताए ।  एमाले र माओवादीबीच फागुन २१ बाट सत्ता सहकार्य भएको छ ।  “सहकार्य सुरु गरेका छौं । राम्रो सहकार्य गरौं । यसबाट जनता र राष्ट्रलाई राम्रो सेवा दिऔं । त्यसो हुँदै गयो भने राजनीतिक दलहरुको बीचमा कम्युनिस्टहरुको बीचमा स्वतः नै एउटा आधारभूमि तयार हुन्छ ,” प्रचण्डले भने । 

उनले एमाले अध्यक्ष ओलीसँग पहिले अविश्वास भएको बताउँदै अहिले विश्वास गरेको सुनाए । पार्टी एकताका विषयमा ओली पनि प्रचण्डकै धारणामा सहमति जनाए । उनले तत्कालीन पार्टी विभाजन हानिकार भएको स्मरण गरे । 

“अघि प्रचण्डजीले भनेजस्तै तत्काल पार्टी एकता गरौं यो एउटा फेरि व्यक्तिगत आकांक्षा तुष्टिको विषय मात्रै हुन्छ,” उनले भने, “यसले आन्दोलनमा फेरि अर्को समस्या ल्याउँछ ।”

ओलीले अहिले सहकार्यको माध्यमाबाट निकट भएर एकताको बिन्दुमा पुग्न सकिने विश्वास व्यक्त गरे । 

“अहिले सहकार्यको माध्यमबाट निकट हुँदै अघि बढ्छौँ र क्रमशः एकताको बिन्दुमा पुग्न सक्छौँ । अहिले एकीकरण गरौँ, देशभरका मिलौँ भन्ने हो भने फुटेका किन थियौँ, के भएर फुटेका थियौँ भन्ने प्रश्न उठ्छ ,” ओलीले सुनाए ।  

मदन सम्झिँदा भावुक बनेकी विद्या 

p16-1713784148.jpg
 

एमालेको पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले सम्मान गर्‍यो । अध्यक्ष ओलीले सम्मानको स्थापना गरिएको र अब २५ वर्षपछि वा त्यसअघि विशेष अवस्थामा सम्मान वितरण गरिनेछ । 

‘गणतन्त्र गौरव सम्मान’ पाएकी भण्डारी श्रीमान् समेत रहेका जननेता मदन भण्डारीलाई सम्झदा निकै भावुक बनिन् । उनको गला अवरुद्ध भएको थियो ।  “एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ०५० जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो,” उनले भावुक हुँदै भनिन् । 

एमालेको प्रेरणा र प्रोत्साहन र जनताका चाहना अनुसार थप जिम्मेवारीका साथ राजनीतिमा सक्रिय हुने परिवेश निर्माण हुन पुगेको स्मरण गरिन् । उनले त्यसपछि राष्ट्रपति भएको बताइन् । 

देउवाको घोचपेच !

मदन सम्झिएर विद्या भावुक भइरहँदा अर्का प्रमुख वक्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने सबैलाई घोचपेच गर्न भ्याए ।  उनले मदन भण्डारीको हत्यारा पत्ता नलगाएर एमालेका नेता कांग्रेसलाई गाली गर्ने गरेको भन्दै खनिए । 

p5-1713784102.jpg
 

“मदन भण्डारीको विषयमा राम्रै कुरा गर्ने इच्छा थियो । राम्रै कुरा गर्ने मन छ । अहिले आएर बीचमा कांग्रेसलाई गाली गर्नसमेत गर्नुभयो । मैले जवाफ दिनु परिहाल्यो के गर्ने ? मलाई गाली गर्नेहरुले मदन भण्डारी किन मारिए किन भन्न सक्दैन ?,” देउवा आक्रोशित हुुँदै उनले भने, “ मदन भण्डारी मारेको कुरा रहस्यमय बन्यो । कसले रोकेको छ खोज्नलाई कांग्रेसका कारणले रोकेको हो ? आफू खोज्न नसक्ने अनि कांग्रेसलाई गाली गरिरहने ?” 

उनले मदन भण्डारी चढेको गाडीका ड्राइभरलाई पनि मारिएको बताए । 

“मदन भण्डारीको हत्यारा को हो अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उसको ड्राइभर पनि मारियो । मदन भण्डारी राम्रो नेता हो । यसमा दुईमत छैन,” उनले भने । 

विद्या दुईपटक राष्ट्रपति हुँदा र एमालेका नेताहरु प्रधानमन्त्री हुँदा मदनका हत्यारा पत्ता लगाउन नसकेको देउवाको टिप्पणी थियो । “दुईपटक राष्ट्रपति बनिसक्नुभयो । प्रधानमन्त्री बनिसके सबै खोइ पत्ता लागेको । मलाई विरोध गरेर केही हुनेवाला छैन । पत्ता लगाउनुपर्‍यो तपाईंहरुले ,” देउवाले भने । 

ओलीले देउवालाई जिस्काइरहे !

देउवाको आक्रोशलाई ओलीले व्यंग्यमार्फत जवाफ दिए, “मेरा पुरा मित्र घरीघरी अलि जोशिनुहुन्छ ।”  मदन भण्डारीको हत्यारा पत्ता लगाउन देउवाले दिएको चुनौतीमा ओलीको यस्तो जवाफ थियो । 

त्यस्तै, सम्बोधनका क्रममा देउवाले लामो नबोल्न आग्रह गरेको भनेका ओलीले भाषण भने छोट्याएनन् ।  “मेरा प्रिय मित्र शेरबहादुर देउवाजीले लामो नबोल्नू भन्नुभएको छ । म खासै लामो बोल्दिन,” ओलीले सम्बोधनका क्रममा भनेका थिए । 

p6-1713784102.jpg
 

उनले अतिथिहरूलाई धन्यवाद दिने क्रममा देउवामा जवान जोश रहेको भन्दै व्यंग्य गरेका थिए । 

“मेरा आदरणीय मित्र शेरबहादुर देउवाजी । विपक्षी दलका नेता पूर्वप्रधानमन्त्री । पूर्वप्रधानमन्त्री पनि पाँचपटक जति भन्नुपर्छ, पूर्वपूर्व भनेर... । काफी धेरै पटक प्रधानमन्त्री भइसक्नुभो,” ओलीले भने,“अहिले पनि जोश तगडै छ । यसो समातेर सिँढीबाट साथ दिन्छु भन्दा पर्दैन म सक्छु भन्नुहुन्छ । जे होस् जवान जोश छँदैछ ।”

कार्यक्रमा पूर्वप्रधानमन्त्रीहरुमा माधवकुमार नेपाल सहभागी थिएनन् । पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित अन्य राजनीतिक दलका नेताहरूको पनि सहभागिता थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement