site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपनिर्वाचनका दिन मेची राजमार्ग बन्द हुने, दुई दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी
Sarbottam CementSarbottam Cement

इलाम । उपनिर्वाचनको मतदान सम्पन्न भएको दुई दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ । 

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले इलाम बजारस्थित गौतमबुद्ध सभागृहमा मतगणनाको तयारी भएको जानकारी दिए । बाह्रखरीसँग संवाद गर्दै उनले सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले वैशाख १५ गते साँझै मतदानस्थलबाट मतपेटीका संकलन गर्नेगरी सुरक्षा निकायले तयारी गरिरहेको बताए । “वैशाख १५ गते इलाम जिल्लाभरी सार्वजनिक यातायात नचल्ने गरी सर्वदलीय बैठकले निर्णय गरेको छ,” उनले भने, “मेची राजमार्ग बन्द नगर्ने कि भन्ने विषयमा पनि छलफल भयो । तर, अनावश्यक भीडभाड हुन्छ भनेर बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म राजमार्ग बन्द गर्ने निर्णय भयो ।”

हृदयघातका कारण २०८० भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन हुन लागेको हो । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा एक लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता भएको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए । 

Global Ime bank

उनका अनुसार निर्वाचनका लागि ७९ मतदान स्थल रहेको छ । यी मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी आयोगले गरेको छ । जहाँ ७४५ कर्मचारी खटाइएको उनले जानकारी दिए । “मतपत्रसहित अन्य आवश्यक सामग्री बोकेर कर्मचारी र मतदान अधिकृत पुगिसकेका छन्,” उनले भने । 

तीन महिला अधिकृत नियुक्त 
निर्वाचन गराउन आयोगले तीन महिला मतदान अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले इलाम नगरपालिकाअन्तर्गत रहेका तीन मतदान केन्द्रमा महिला अधिकृत तोकेको हो । 

मुख्य निर्वाचन अधिकृत घिमिरेका अनुसार इलाम मरब क्याम्पस, सप्तमाइ गुरुकुल र इलाम विद्या मन्दिरमा महिला अधिकृत तोकिएका हुन् । मरब क्याम्पसमा मीना आचार्य, सप्तमाइ गुरुकुलमा तारा श्रेष्ठ र इलाम विद्या मन्दिरमा हिमज्योति घिमिरे तोकिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !