site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मालिकले भुक्तानी दिएनन्, माइतीघरमा धर्ना बसेकै बेला बैंकले लिलामी निकाल्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गौशाला धर्मशालाको कोठा नम्बर ३ मा गगनदेव राय च्यादर बेरेर बसेका छन् । उनले जसोतसो काठमाडौंको जाडो छल्‍ने प्रयास गरिरहेका छन् । सर्लाहीदेखि उखुको पैसा आउला कि भनेर काठमाडौं आएका रायलाई बैंकको ऋणले भने छाडेन । उनी आन्दोलनका क्रममा काठमाडौंमै रहेका बखत गाउँबाट खेत लिलामीको चिठी आयो ।

‘‘यता मिल मालिकहरुले उखुको पैसा कहिले दिने हुन् थाहा छैन,’’ राय मलिन मुद्रामा भन्छन्, ‘‘उता बैंकले खेत लिलाम गर्ने भयो । उखु खेतीले घरबार गुमाउनुपर्ने अवस्था आयो ।’’

गाउँले युवाको साथ लागेर उनी मंसिर २७ गते गाउँबाट हिँडेका हुन् । काठमाडौंमा मंसिर २८ देखि आन्दोलन सुरु भयो । उता बैंकले पनि मंसिरको २९ गते नै रायको खेत लिलामीको सूचना निकाल्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सुरुमा त उनले घरमा लिलामीको पत्र आएकामा विश्‍वास नै गरेनन् । गाउँकै एकजनाले आन्दोलनमा आएका साथीलाई पत्रको फोटो पठाएपछि मात्र जानकारी पाएको राय बताउँछन् । उनले आफूले लगाएको सबै उखु अन्नपुर्ण मिलमा बुझाएका हुन् । तर उनलाई मिल मालिकले भने रकम नबुझाएको वर्षौं भइसकेको छ । बरु कृषि विकास बैंकले रायको पीडाको वास्तै नगरी जमिन लिलामीको सूचना सार्वजनिक गर्‍यो ।

आफ्नो नाममा रायको एक बिघा मात्र जमिन छ । केही अधियाँ दिने सर्तमा रायले कृषि विकास बैंकबाट ऋण लिएर उखु लगाए । त्यही ऋण बाट उखु लगाएका रायले त्यसैको रकम पाउन काठमाडौंमा आन्दोलनमा बस्नुपरेको छ । यता आन्दोलनको टुंगो छैन पाउनुपर्ने पैसा पाउने कि नपाउने भनेर बरु उता जमिन लिलाम हुने पक्का-पक्की झै भइसकेको उनी सुनाउँछन् ।

Royal Enfield Island Ad

७५औं वसन्त पार गरिसके रायको घरमा पत्‍नी, छोरा, बुहारी र चार नातिनातिना छन् । ‘‘कमाइको अन्य स्रोत उनको छैन । सबै परिवार त्यही खेतकै कमाइमा निर्भर छन् । त्यही पनि लिलाम भए के खाएर बाँच्‍नु ?’’ रायको प्रश्‍न छ । यति भन्दा उनको आँखामा आँसु छचल्कियो । गाउँमै सरसापट गरेर बैंकको ऋण तिर्न पनि सयकडा तीन ब्याज भएकाले आफूसँग क्षमता नरहेको उनी बताउँछन् ।

घरमा बिरामी छन् । तैपनि उखुको रकम पाउने आशमा उनी आन्दोलनका लागि काठमाडौं हानिए । उता खेतीबारी लिलामका लागि बैंक तम्तयार छ । ‘‘आफ्नै पसिनाको कमाइ लिन यतिका दिनदेखि माइतीघरमा छु,’’ यत्रो दिन भइसक्दा पनि मिल सञ्‍चालकहरुले पैसा नदिएकाले निराश राय भन्छन्, ‘पैसा नलिएर त कुन मुखले घर जानु र ख्वै ?’


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro