site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं उपत्यकामा पाइँदैन स्वच्छ सास फेर्न

काठमाडौं । पछिल्लो केहिसाता काठमाडौं उपत्यकाको वातावरण प्रदूषण बढेको छ । स्वास्थ्य मन्त्रालयले धुवाँ उत्पादन गर्ने उद्योग बन्द गर्न आग्रह गरेको छ भने ‘मर्निङ वाक’ अर्थात् कामै नपरेसम्म घरबाट बाहिर ननिस्कन भनेको छ ।

यो वर्ष अघिल्लो वर्षहरुमा भन्दा धेरै डढेलो लागेको कारण वायु प्रदूषण भएको विज्ञहरु बताउँछन् । प्रदूषण नियन्त्रणको लागि वातावरण विभागले कार्ययोजना नै बनाएको छ । तर उक्त कार्ययोजना प्रभावकारी ढङ्गबाट लागु नहुँदा काठमाडौं उपत्यकाका मानिसले स्वच्छ स्वास फेर्न पाएका छैनन् । 

उपत्यकाका कतिपय ठाउँका एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३०० नाघेको भन्दै सचेत हुनुपर्ने वातावरण विभागले जनाएको छ । 

Dabur Nepal

“कति स्थानमा एक्यूआई ३०० अंक नाघेको छ । यो भनेको स्वास्थ्यका लागि निकै खराब अवस्था हो । यसबाट बच्न उपत्यकावासी सचेत हुनैपर्छ । काम नपरेसम्म घरबाहिर ननिस्कदा हुन्छ,” वातावरण विभागका प्रवक्ता तथा उप–महानिर्देशक इन्दू विक्रम जोशी भन्छन्, “बच्चा र बृद्ध–बृद्धालाई यसले तुलनात्मक रुपमा धेरै असर गर्छ त्यसैले उनीहरुलाई यसबाट जोगाउनु पर्छ ।”

डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण नहट्ने वातावरण विभागले जनाएको छ । नेपालभर सयौं स्थानमा डढेलो लागेको र त्यो नियन्त्रण नभएसम्म वायु प्रदूषण नघट्ने प्रवक्ता जोशीले बताए । 

“अहिले सयौं ठाउँमा डढेलो लागिरहेको छ । यसलाई नियन्त्रण गर्ने हामीसँग स्रोत साधन छैन । न हामीसँग डढेलो नियन्त्रणका लागि पानी बोक्ने हेलिकोप्टर छ र अन्य कुनै स्रोतसाधन नै छ,” प्रवक्ता जोशी भन्छन्, “तापक्रम बढ्दै गएपछि पानी पर्ने छ, र त्यसपछि डढेलो नियन्त्रण हुने छ भन्ने हाम्रो अपेक्षा छ ।” 

ठूलो हावाहुरी चलेको अवस्थामा पनि वायु प्रदूषण केही कम हुने जोशी बताउँछन् । 

डढेलो नियन्त्रण तथा वायु प्रदूषण रोक्न स्थानीय निकाय नै सक्रिय हुनुपर्नेमा उनको जोड छ । 

गतवर्ष यही समय काठमाडौंमा करिब तीनदशक यताकै सफा मौसम थियो । डढेलो नलागेको तथा लकडाउनका कारण सवारी साधन नचलाउँदा प्रदूषण कम भएको स्मरण गर्दै जोशी भन्छन्, “डढेलो नलागेको र न्यून सवारी साधन चलाएको अवस्थामा वायु प्रदूषण हुँदैन । र मौसम सफा देखिन्छ । सवारी साधन नै नचलाउन सकिँदैन । तर, डढेलो नलाग्ने हो भने स्वास्थ्यलाई नै असर गर्ने तहमा वायु प्रदूषण हुँदैन ।”

केहि पहिलेसम्म काठमाडौंमा सिमेन्ट कारखाना हुँदा पनि अहिलेजस्तो वायु प्रदूषण नभएको विज्ञको भनाइ छ ।

विभागकै पहलमा उपत्यकामा सवारी साधनले फाल्ने धुवा नियन्त्रणको लागि टेम्पो २० वर्ष भन्दा धेरै चलेका सवारी साधनहरु विस्थापन गरिएको उनी बताए । 

अहिलेको वायु प्रदुषणको मुख्य कारक डढेलो नै भएको उनी बताउँछन् । नेपालमा वायु प्रदूषण मापन सुरु भएको १० वर्ष पनि भएको छैन । योबीचमा उपत्यकाको जनसङ्ख्या भने एकदमै बढेको छ । 

“काठमाडौंको वायु प्रदूषणको समस्या कहिले पनि समाधान नहुने समस्या जस्तो भएको छ । तर त्यसो हुँदैन । केहि समय लागे पनि वायु प्रदूषणको समस्या समाधान हुन्छ,” जोशी थप्छन् “डढेलो लाग्नेजस्ता प्राकृतिक विपतबाहेकको समस्या समाधान गर्नका लागि पहल गरिरहेका छौँ ।”

विगतमा काठमाडौंमा विक्रम टेम्पो, पुराना मोटर चल्ने, काठमाडौंको नजिकै सिमेन्ट फ्याक्ट्री भएको बेला यहाँको वातावरणको अवस्था एकदमै नाजुक भएको जोशी बताउँछन् । 

त्यतिबेला सरकारले समस्या सुधार गर्नको लागि ठोस कदम चालेकै कारण उपत्यकाको वातावरणको समस्या समाधानको लागि सहयोग पुगेको उनको भनाइ छ । 

“२०–२५ वर्षमा उपत्यकामा लाखौँको संख्यामा सवारी साधनहरु बढेको पनि डढेलो लाग्ने मौसममा भन्दा अन्य समयमा वायुप्रदूषणको मात्रा स्थिर रहेको छ,” जोशीले बताए । 

उपत्यकामा केहि हप्ता यता प्रदूषणको मात्रा एकदमै बढेकोले सकेसम्म घरभित्र नै बस्न, बाहिर निस्कनु नै पर्ने भएमा मास्क लगाएर मात्र हिँड्न जोशी सल्लाह दिन्छन् । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro