site stats
बाह्रखरी :: Baahrakhari
देश
पाल्पामा जीप दुर्घटना : दुईजनाको मृत्यु, एक घाइते

तानसेन (पाल्पा) । पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जीप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी सवारी धनी बगनासकाली गाउँपालिका–१, गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुंगाना र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । उनका अनुसार, ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एकजनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का  ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन् । खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । गाडी सडकदेखि ३०० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्