site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँमा तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
प्रतीकात्मक तस्बिर ।

दमौली (तनहुँ) । गत शनिबारदेखि बेपत्ता तनहुँको बन्दीपुर गाउँपालिका–३ का ५६ वर्षीय मंगले नेपालीको शेराटारस्थित खुदी खोलाको दहमा सोमबार शव फेला परेको छ ।

नेपालीको शव खुदी खोलास्थित तानेको रहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । मृतकको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बेपत्ता नेपालीको खोजतलास भइरहेको थियो । नहर छेउमा निजले प्रयोग गर्ने कपडा र चप्पल फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्