site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एउटै म्यानपावरले ठग्यो सात करोड बढी, ठगिनेमा पूर्वसेना र प्रहरी 

काठमाडौं । विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने काम नेपालमा नौलो होइन । खाडीदेखि युरोप अमेरिकासम्म पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने कैयौँ पक्राउ परेका छन् भने कैयौँ पीडितको पहुँचबाहिरै छन् ।

पछिल्लो सात महिनामा मात्रै झन्डै २० करोडको दाबीसहित विभागमा उजुरी परेको छ ।  २० करोडभन्दा बढी रकम विदेश जानेहरुबाट ठगी भएको गुनासो विभागमा पुगेको छ । 

विभागमा केही समय अगाडि मात्रै इङ्ल्यान्ड सेक्युरिटी गार्डमा लैजाने भनेर काठमाडौंको तीनजुरे म्यानपावरले ठगेको विभागले जनाएको छ । ठगिनेमा अधिकांस नेपाली सेना र प्रहरीका पूर्वकर्मचारी रहेका छन् ।

Dabur Nepal

उक्त म्यानपावरबाट पीडित जगत न्यौपानका अनुसार मासिक अढाइ लाख कमाइ हुने सपना देखाएर इङ्ल्यान्ड सेक्युरिटी गार्डमा पठाइदिने भन्दै आफूहरुलाई ठगी गरिएको थियो ।

“तिनजुरे म्यानपावरकी सञ्चालिका सिर्जना अधिकारीले राम्रो काम र कमाइ हुन्छ भनेपछि हामीले उनले भने जति पैसा दियौँ,” उनले भने   “तर हामीलाई त दुबइ लगेर अलपत्र पारियो ।”

अधिकारीले इङ्ल्यान्ड सेक्युरीटी गार्डमा भनि ६३ जनाबाट जनही ९ लाखभन्दा बढी पैसा उठाएको विभागले जनाएको छ । एकवर्ष अगाडि इङ्ल्यान्ड लैजाने भन्दै दुबइ पुर्‍याइएको थियो ।

“हामी गतवर्षको पुसमा दुबई पुगेका थियौँ,” उनले भने “अहिले त नेपालबाट दुबई पुगेका ६३ मध्ये अधिकांश नेपाल पनि फर्किइसके ।”

भिसा नै नक्कली

नेपालबाट सेक्युरिटी गार्डको लागि गएका दुबइ पुगेकाहरुलाई काममा लगाउँछु भन्दै होटलमा राखे । तर उनीहरुले नेपालमा भने जस्तो काम पाएनन् । हामीलाई काम चाहियो भनेर होटलमा नै आन्दोलन गरे पछि उनले काम त पाए । तर, उनको भिसा नै नक्कली रहेछ । त्यो कुरा त्यहाँको प्रशासनले थाहा पायो । प्रशासनले २० हजार दिराम जरिवाना तिर्नुपर्ने वा नेपाल फर्कनुपर्ने बतायो ।

“यसै त भनेजस्तो काम नपाएर समस्यामा थियौँ । दलालले झन् ठूलो भुमरीमा पुर्‍याए । जरिवाना तिरेर त्यहाँ बस्नुभन्दा त नेपाल नै फर्किनु बेस भनेर उनले आफन्तसँग ऋण गरेर नेपाल फर्किए,” उनले भने । 

नेपालबाट नौ लाख तिरेर दुबई गएका जगत रित्तै फर्किए । झन्डै १० महिनापछि तिहारको छेको पारेर आफु नेपाल आइपुगेको जगत बताउँछन् । 

“ठूलो कमाइको सपना देखाएर नेपालबाट पठाएको तीनजुरे मेनपावरले पैसा फिर्ता गर्ला र ऋणको बोझ कम गरौँला भनेर सोचेको । खै म्यानपावरले पैसा दिने सुर नै गर्दैन । त्यसैले हामीले विभागमा उजुरी हालेका हौँ,” उनले भने ।

चेक त्यो पनि खाली

विभाग र प्रहरी चौकीको शरणमा पुगेपछि तीनजुरे म्यानपावरका सञ्चालकले चेक दिए । “त्यो चेक पनि तीनपटक बाउन्स भइसक्यो । मुद्दा पनि गर्‍यौँ,” उनले भने ।

एक पटक प्रहरीकहाँ पुगेका म्यानपावर सञ्चालक पैसा बुझाउने सर्तमा छुटेका थिए । त्यसपछि सम्पर्कमा छैनन् ।

धरौटीबाट पैसा काटेर दिन्छौँ – विभाग

विभागले तीनजुरे म्यानपावरलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल बताउँछन् ।

“विभागले म्यानपावरका सञ्चालक र दलालहरूलाई पक्राउ पुर्जी जारी गरिसकेका छौँ । यत्रो समयसम्म उनीहरू प्रहरीको सम्पर्कमा आएनन् । अब धरौटीमा रहेको पैसा कटेर पीडितलाई दिन्छौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro