site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुई दिन सार्वजनिक बिदा कति उपयुक्त ? यस्ता छन्- अर्थविद् र पूर्वप्रशासकका सुझाव !
Sarbottam CementSarbottam Cement

काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर दुई दिन सार्वजनिक बिदाको अवधारणा अगाडि सारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको एक अध्ययन समितिले दुई दिन बिदा दिन उपयुक्त हुने भनी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ । विशेषगरी कोभिड १९ का कारण पर्यटन क्षेत्र निकै समस्यामा परेको र तत्काल विदेशी पर्यटक आउने सम्भावना नहरेको भन्दै मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन हुने भन्दै दुई दिन बिदाको प्रस्ताव गरेको हो । 

पर्यटन मन्त्रालका सहसचिव कलमप्रसाद भट्टराईले सार्क मुलुकसहित अन्य देशहरुको प्रचलनलाई समेत हेरेर दुई दिन बिदाको सिफारिस गरिएको बताए । उनले ८५ प्रतिशतभन्दा बढी मुलुकले सातामा दुई दिन बिदा दिने गरेको बताए । अध्ययन गर्दा विगतदेखि नै नेपालमा बिदाको किसिम, अन्तर्राष्ट्रिय अभ्यास, सातामा ४० घण्टा काम गर्ने भन्ने अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डलाई आधार मानिएको उनको भनाइ छ । “विकसित देशले सातामा ४० घण्टा र सातामा २ दिन बिदा दिएर काम गर्दा उत्पादकत्व बढेको, प्रतिव्यक्ति आय बढेको, आर्थिक विकासको सूचकांक राम्रै भएको देखिएको, सार्क क्षेत्रमा पनि नेपालबाहेक सबै देशले सातामा २ दिन बिदा दिएको देखियो,” उनले भने, “आर्थिक, सामाजिक पक्षलाई हेरेर प्रारम्भिक सुझाव बनाएका छौं ।” 

तर, नेपालको सन्दर्भमा दुई दिन बिदा कति उपयुक्त छ ? अर्थविद् एवं पूर्व प्रशासकहरु भने अत्यावश्यक सेवा कुनै पनि दिन प्रभावित नहुने गरी दुई दिन बिदा दिन सकिने बताउँछन् । तर, कमजोर पूर्वाधारका कारण अहिले नै दुई दिन सार्वजनिक बिदा उपयुक्त नभएको भनाइ पनि उनीहरुको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्थविद् डा. शंकर शर्मा तत्काल एकैपटक दुई दिन सार्वजनिक बिदा दिनु उपयुक्त नहुने बताउँछन् । पुरानो अनुभवले पनि सार्वजनिक यातायात राम्रो नभएकाले अहिले नै पूर्वाधारबिना दुई बिदा उपयुक्त नभएको उनको भनाइ छ । “अहिले नै दुई दिन बिदा उपयुक्त छैन । तर, दुई दिन सार्वजनिक बिदा गर्ने हो भने पनि चरणबद्ध रुपमा गरिनुपर्छ । सुरुमा कर्पोरेट क्षेत्रबाट सुरु गरौं ।” 

पूर्वअर्थसचिव रामेश्वर खनाल दुई दिन बिदाको अवधारणा पहिले पनि फेल खाएकाले अहिलेकै अवस्थामा उपयुक्त नभएको बताउँछन् । एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि कनेक्टिभिटी राम्रो भएपछि मात्रै दुई दिन सार्वजनिक बिदा सुरु गर्न उपयुक्त हुने खनालको भनाइ छ । आन्तरिक पर्यटन प्रवर्द्धनको नाममा दुई दिन बिदा दिन खोजिनु नै उपयुक्त नभएको उनको भनाइ थियो । नेपालमा घुम्ने सरकारी कर्मचारी सरकारी कामकै सिलसिलामा घुम्ने गरेको उनी बताउँछन् । “दुई दिन सार्वजनिक बिदा दिएर पनि उनीहरु घुम्दैनन् । बिदा लिएर घुम्न जाने मान्छे बैंकक जान्छन् ।” सबैभन्दा पहिला कनेक्टिभिटी राम्रो हुनुपर्छ । पुँजी उत्पादकत्व धेरै कम छ । त्यो बढेपछि मात्रै दुई दिन बिदाको अवधारणा राम्रो हुने खनालको भनाइ थियो । “हाम्रो पर्यटककीय गन्तव्यमा बढी विदेश जाने नै हो । त्यसैले दुई दिन बिदा दिए पनि आन्तरिक पर्यटन प्रवर्द्धन हुँदैन ।”

Global Ime bank

अर्का पूर्वअर्थसचिव शान्तराज सुवेदी दुई दिन बिदाका लागि धेरै सोच्नुपर्ने बताउँछन् । दुई दिन बिदाको उद्देश्य प्रस्ट हुनुपर्ने उनको भनाइ छ । पर्यटन मन्त्रालयले आन्तरिक पर्यटक प्रवर्द्धनका लागि भनेर यो अवधारणा ल्याउनु भनेको एकदमै सानो पाटोबाट मात्रै हेरेको उनको टिप्पणी छ । “उसको पाटोले मात्रै दुई दिन बिदाको औचित्य पुष्टि गर्न सकिँदैन,” उनको भनाइ थियो ।  

पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा भने दुई दिन बिदा उपयुक्त हुने बताउँछन् । यसअघि एकैपटक दुई दिन बिदा देशैभर लागु नगराउँदा असफल भएको भन्दै उनले दुई दिन बिदा एकैपटक लागु गराउनुपर्ने बताउँछन् । उनले दुई दिन बिदा दिए पनि अत्यावश्यक सेवा कार्यालयहरु भने ३६५ दिनै खुला हुनुपर्ने बताउँछन् । दुई दिन बिदा गरे पनि जनताको दैनिक जीवनसँग सम्बन्धित अड्डाहरु चौबीसै घण्टा खोल्नुपर्ने उनको भनाइ छ । 

यस्तै अर्थविद् केशव आचार्य पनि वडा कार्यालय, विद्युत्, टेलिफोन, नागरिकता, पासपोर्ट, मालपोतजस्ता अत्यावश्यक सेवा सातै दिन खुला गरेर दुई दिन बिदा गर्नु उपयुक्त हुने बताउँछन् । “दुई दिन बिदा दिँदा अत्यावश्यक कामका लागि सर्वसाधारण प्रभावित हुन सक्छन् । त्यसैले बढी खर्च लागेपछि यस्ता अत्यावश्यक सेवा कार्यालय सातै दिन खुला गरिनुपर्छ,” उनले भने । दुई दिन बिदा दिँदा मध्यम र उच्च वर्गका मान्छेहरुका कारण आन्तरिक पर्यटनमै धेरै सहयोग नभए पनि होटेल, रेस्टुरेन्टमा केही सहयोग पुर्‍याउन सक्ने उनले बताए । “तर, दुई दिन बिदा दिँदा पनि सातामा ४० घण्टा काम भने भएको हुनुपर्छ,” उनले भने । धेरै देशमा दुई दिन बिदा दिने चलन छ । जर्मनी, फ्रान्सलगायत केही मुलुकका कम्पनीहरुले त तीन दिन पनि बिदा दिने गरेको पनि उनले बताए । 

दुई दिन सार्वजनिक बिदा दिँदा कर्मचारी, कार्यालय तथा संस्थानहरुको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग हुने अध्ययन समितिको निष्कर्ष छ । यस्तै सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने, पारिवारिक सामीप्यता कायम हुने र पर्यावरणीय दृष्टिकोणले समेत सकारात्मक प्रभाव पर्न जाने प्रतिवेदनमा औंल्याइएको छ । 

कोडिभ १९ ले पर्यटन उद्योग शिथिल भएको र तत्काल विदेशी पर्यटक आएर नेपालको पर्यटन क्षेत्रमा योगदान गरिहाल्ने अवस्था नरहेको नभएकाले दुई दिन बिदा उपयुक्त हुने भनाइ मन्त्रालयको छ । दुईदिने सार्वजनिक बिदाले कर्मचारीको उत्पादकत्व पनि बढ्ने र आन्तरिक पर्यटन पनि प्रवर्द्धन हुने दाबी मन्त्रालयको छ ।
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC