site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्र बैंकको सञ्चालकमा आचार्य र शिवाकोटी नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको छ । गएको मन्त्रिपरिषद्को बैैठकले आचार्य र शिवाकोटीलाई सञ्चालकमा नियुक्त गरेको एक मन्त्रीले बाह्रखरीलाई जानकारी दिए ।

शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् ।

राष्ट्र बैंक सञ्चालक सदस्य डा. श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गएको वैशाखदेखि दुई सञ्चालक पद रिक्त थियो ।

आचार्यसित राष्ट्र बैंकमा ३३ वर्ष बढी काम गरिसकेको अनुभव छ । त्यसअघि, उनले रक्षा मन्त्रालय, महालेखापरीक्षकको कार्यालय, नेपाल विद्युत् प्राधिकरणमा काम गरिसेका थिए । उनले विभिन्न कलेजहरूमा अर्थशास्त्र बढाउँदै पनि आएका छन् । विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro