site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटक बढेसँगै व्यवसायी उत्साही
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोभिड १९ ले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन व्यवसाय पछिल्लो समय लयमा फर्किन लागेको छ । विदेशी पर्यटकको आगमनमा भएको वृद्धि र नेपालीमा पनि घुम्ने बानीको विकास भएपछि पर्यटन व्यवसायी उत्साहित बनेका छन् । 

सन् २०२२ को चार महिनासम्ममा एक लाख ३७ हजार ९५ विदेशीले नेपाल भ्रमण गरिसकेका छन् । यो संख्या थपिने विश्वास व्यवसायीमा छ । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी पछिल्लो समयमा अपेक्षा गरेभन्दा बढी नै पर्यटक आएको बताउँछन् । पर्यटन व्यवसायीलाई बनाएको उत्साहलाई कायम राख्न सक्नुपर्ने उनले बताए । त्यसका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन एवं पर्यटक आवागमनलाई अझ सहज बनाउनुपर्ने उनको भनाइ छ । कोरोना सामान्य बन्दै गएको र सरकारले सेफ्टी प्रोटोकल पनि लचक बनाएकाले पर्यटक आगमन राम्रो भएको उनले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“हिजो बुकिङ रद्द गरेका पर्यटक पनि आउन थालेका छन् । नेपालमा आउन उनीहरूलाई सहज वातावरण भएको छ,” उनले भने, “यसलाई अझ बढाउन विदेशमा मार्केटिङ गर्दै पर्यटक आगमनलाई अझै सहज बनाउनुपर्छ । गाइडको अभाव छ । यी सबैलाई चुस्त बनाएर अगाडि बढ्नुपर्छ ।”

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापा पछिल्लो समय नेपालको पर्यटन सुधारोन्मुख देखिएको बताउँछन् । यो नेपालको पर्यटनको समय पनि भएको र सरकारले कोभिड १९ प्रोटोकल पनि सहज बनाएकाले पर्यटक आगमन बढेको उनले बताए । भारत, बंगलादेशलगायत मुलुकमा बढेको गर्मी र ती मुलुकहरूमा सुरु भएको बिदाका कारण पनि परिवारसहित घुम्न निस्कनेको संख्यामा बृद्धि आएको उनले बताए ।

Royal Enfield Island Ad

“वर्षा सुरु हुनुभन्दा अगाडि ट्रेकिङ, पर्वतारोहरण जाने भएकाले पनि यो समयमा पर्यटक आगमन बढेको हो । नेपालमा भ्रमण आएका विदेशी धेरै अन्नपूर्ण र सगरमाथा क्षेत्रमा जाने गरेका छन्,” उनले भने ।  

कोभिड प्रोटोकल खुकुलो हुँदाको सकारात्मक प्रभाव पर्यटन क्षेत्रमा परेको व्यवसायीहरू बताउँछन् । “पहिला धेरै झन्झटिलो प्रक्रिया थियो, ती प्रक्रियाहरू हटाएको र सहज बनाएको हुनाले पनि पर्यटक आउन सहज भएको छ,” थापाले भने । 

विदेशीसँगै आन्तरिक पर्यटकको संख्या पनि वृद्धि आएको उनले बताए । 

“आन्तरिक उडानको अकुपेन्सी उच्च छ । कोभिडका कारण घुम्न ननिस्किएका नेपाली पर्यटक पनि घुम्न निस्किएका छन्,” उनले भने, “कोडिभ १९ सुरु हुनु भन्दा अगाडिको तुलनामा भन्दा बढी अहिलेको समयमा आन्तरिक पर्यटक घुम्न निस्किएको अनुभव गरेको छु ।”

नेपाल होटेल संघका प्रथम उपाध्यक्ष विनायक शाह हाल पर्यटन क्षेत्रमा देखिएको उत्साहलाई निरन्तरता दिनुपर्ने बताउँछन् ।

“पहिलाको तुलनामा राम्रो भएर विस्तारै बढ्दै गएको छ । भारतीय पर्यटकहरू आएका छन् । ट्रेकिङ, पर्वतारोहणको समय पनि भएकाले अन्य पर्यटक पनि आएका छन् । यसले उत्साह बढाएको छ,” उनले भने, “हामीले यसलाई निरन्तरता दिनुपर्छ ।”

कोरोना घटेर गएको र अधिकांशले कोरोनाविरुद्धको खोप लगाएकाले बाहिर निस्कन आत्मविश्वास बढेको उनले बताए । “पहिला बाहिर आउन डराउने मान्छेहरू अब घुम्न निस्कन थाले,”, उनले भने, “काठमाडौं, चितवन, पोखरा, घुलिखेललगायत पर्यटकीय गन्तव्यमा सप्ताहन्तमा भरिभराउ नै छ ।”

सरकारले जेठ १ गतेदेखि दिने भनेको दुई दिन सार्वजनिक बिदापछि यो क्रम अझै बढ्ने विश्वास व्यवसायीमा छ । 

नेपालले प्रमोसन गर्न नसक्दा 'नेपाल खुला छ' भन्ने सन्देश अझै बाहिर दिन नसकिएको उनले बताए । “हाम्रो प्रमोसन पुगेको छैन । भारतमै त्यो प्रवर्द्धन गर्न सकिएको छैन । भारतमा गर्मी छ । नेपाल खुला भएको सन्देश भारतीय पर्यटकलाई अझै दिन सकिरहेका छैनौँ,”, उनले भने, “यदि भातरमा मात्रै पनि प्रवर्द्धन गर्न सक्ने हो भने धेरै भारतीय पर्यटक ल्याउन सक्छौँ । अहिले हामीलाई चाहिएको भनेको प्रमोसन नै हो ।”

पर्यटन प्रवर्द्धन गर्न भन्दै घोषणा गरिएको कार्यक्रम अझै लागू भएको छैन । सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदाको घोषणा गरेको थियो, तर अहिलेसम्म लागू भएको छैन । सरकारले घोषणा गरेको काम गरे मात्रै पनि पर्यटन व्यवसाय फस्ट्याउने शाहले बताए । हालै पर्यटन पुनरुत्थान समितिले सरकारलाई सुझाव दिएको छ । समितिले दिएको सुझाव लागू गर्नुपर्ने पनि उनले जोड दिए ।

“आगामी बजेटमा समितिले दिएको सुझावअनुसार भयो भने पर्यटनबाट हामीले धेरै फाइदा गर्न सक्छौँ,” उनले भने । 

'भिजिट नेपाल २०२०' तयारी भयो, तर कोभिडको कारणले अभियान रोकियो । अब यस्तै कार्यक्रम घोषणा गरेर अगाडि बढ्ने हो भने नेपाल खुलेको सन्देश जाने र विदेशी पर्यटक आगमन बढ्ने विश्वास उनको छ ।

पर्यटनले नै अहिले भएको विदेशी मुद्रा सञ्चिति समस्या समाधानमा सहयोग गर्ने भएकाले यसको विकासमा ध्यान दिन उनले आग्रह गरे । “सरकारको नीति पर्यटनमैत्री छैन । पर्यटन मैत्री नीति बनाएर अगाडि बढेको खण्डमा पर्यटनले आर्थिक संकट समाधान गर्छ,” उनले भने । 

अन्य मुलुकले पनि पर्यटनलाई प्राथमिकता दिएर विदेशी मुद्रा आर्जन गर्न खोजिरहेकाले नेपालले पर्यटनलाई महत्व दिनुपर्ने उनले बताए । “सबै मुलुकलाई पर्यटक चाहिएको छ, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा छ । हामीले प्रमोसन गर्न सकिरहेका छैनौँ । पर्यटन बोर्ड सुतिरहेको छ । हामीले भारतीयलाई मात्रै केन्द्रित गरेर प्रमोसन गर्ने हो भने धेरै भन्दा धेरै भारतीय आउँछन्,” उनले भने, “यसले नै तत्काल विदेशी मुद्रा आर्जन गर्न सक्छ ।”

सौराहाका होटेल व्यवसायी दामोदर रेग्मीले पछिल्लो समयमा सौराहा क्षेत्रका होटेलहरूमा बुकिङ राम्रो रहेको बताए । “सौराहामा स्वदेशीसहित विदेशी पर्यटक राम्रै आइरहेको बताउँछन् । अहिलेको स्थिति हेर्दा अब राम्रो हुन्छ भन्ने आश पलाएको छ,” उनले भने । 

जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन बिदा हुने सरकारको निर्णयले पनि आन्तरिक पर्यटन थप राम्रो हुने आश व्यवसायीमा छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro