काठमाडौं । सूर्यको पूजा हुनेजस्तो देखिए पनि चन्द्र, अस्ताउँदो सूर्य र उदाउँदा सूर्यलाई एकसाथ अराधना हुने पर्व हो छठ । छठ पर्व मनाउने विधि र परम्परालाई नियाल्ने हो भने यो पूर्णतया प्रकृतिमा आधारित छ । सूर्य र चन्द्रको पूजा हुने तथा पूजा सामग्रीको रुपमा कृषि उपज सामग्री प्रयोग गरिने हुँदा छठ पर्वलाई प्रकृति पूजाको रुपमा पनि लिन सकिन्छ । चार दिनसम्म विभिन्न विधि र प्रक्रिया अवलम्बन गरी मनाइने यो पर्व सन्तान प्राप्ति, स्वास्थ्य लाभ, पारिवारिक सुख र समृद्धिका लागि मनाउने गरिएको ब्रतालुहरु बताउँछन् ।
सरकारले २५ जना मात्र भेला हुन पाउने भनेकोले यो वर्ष पोखरी र नदीकिनारमा पहिलेको जस्तो तयारी भने गरिएको छैन । आज अस्ताउँदै गरेको सूर्यको पूजा गरेर आ-आफ्नै घरमै बसेर अधिकांशले छठ मनाउने तयारी गरेका छन् ।
छठ पूजाका लागि विशेष रोटी ठेकुवा तयार गरिन्छ । छठ पूजाको तयारीमा रहेका काठमाडौंको एक परिवार ठेकुवा तयारीमा जुटेको छ । छठमा ठेकुवालाई पवित्र मानिन्छ । त्यही ठेकुवा कसरी बनाइन्छ ? भनेर सोधेपछि ती महिलाले पनि मैथलीमै जवाफ दिइन्, ‘‘यनाके बनै छै ठेकुवा ।’’ हेरौं ठेकुवा बनाएको र छठ पूजाका लागि गरिएको तयारीका थप तस्बिर :