site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कर्णाली प्रकरणपछि हतासमा प्रधानमन्त्री, संविधानविपरीत मुख्यमन्त्रीलाई निर्देशन’
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक १ गते महेन्द्रबहादुर शाहीलगायत कर्णालीका नेताहरूलाई प्रदेश सरकार संघ सरकारकै युनिट भएको बताएको भन्दै खुबै आलोचना भयो । प्रधानमन्त्रीको अभिव्यक्तिमा संघीयता विरोधी चिन्तन उद्घाटित भएको भन्दै सत्तारूढ नेकपाकै नेताहरूले बढ्ता आलोचना गरे ।

तर, प्रधानमन्त्रीको सचिवालयमा रहेका केही सदस्यहरूले प्रधानमन्त्रीको अभिव्यक्ति तोडमरोड गरिएको भन्दै बचाउ गरेका थिए ।

तर, प्रधानमन्त्रीले शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजनीतिक निर्देशन दिएर कात्तिक १ गतेको अभिव्यक्ति व्यवहारबाटै पुष्टि गरेका छन् । प्रधानमन्त्रीको त्यसदिनको अभिव्यक्तिको अभिप्रायः त्यो नरहे पनि अन्ततः उनको उनको चिन्तन प्रदेश सरकार सङ्घ सरकारकै एउटा एकाइभन्दा माथि नरहेको पुनर्पुष्टि भएको छ ।

KFC Island Ad
NIC Asia

पार्टीका दुईजना अध्यक्षको समान–साझा निष्कर्ष नआएपछि कर्णाली प्रदेशको शुक्रबारको बैठक रोक्न प्रधानमन्त्री असफल भइसकेका थिए । कार्यकारी अध्यक्षको अख्तियारी पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइसकेकाले उनले त्यहाँको पार्टी कमिटीलाई पत्र रोकेर बैठक रोक्न सक्ने अवस्थामा पनि थिएनन् ।

हतप्रभ बनेका प्रधानमन्त्रीले मुख्यमन्त्री महेन्द्र शाहीलाई पत्र लेखेर कारबाही गरिएका गुलाबजङ्ग शाहको पदबहाली गर्न निर्देशन दिएपछि उनी सङ्घीयताविरोधी नै ठहर भएको नेकपाका नेताहरू निष्कर्ष निकाल्छन् ।

Royal Enfield Island Ad

“बेलाबखत प्रधानमन्त्रीको संघीयताविरोधी अभिव्यक्ति आउँथ्यो । यसपल्ट व्यवहारबाटै त्यसको पुष्टि गर्नुभएको छ,” सचिवालयका एकजना नेताले बाह्रखरीसँग भने, “पार्टी अध्यक्षद्वयले पत्र काटेर यहाँ बोलाइसकेपछि साझा निर्देशन दिएर पठाउन सक्नुपर्थ्यो । त्यो गर्न नसकेपछि संविधानको मर्म, सङ्घीयताको भावनाविपरीत गएर उहाँले मुख्यमन्त्रीलाई चिट्ठी लेख्नु भएको छ । यो त्रुटिपूर्ण होइन, दुर्भाग्यपूर्ण छ । यसलाई उहाँले तुरुन्त सच्याउनुपर्छ ।”

कर्णाली प्रदेशमा प्रधानमन्त्री ओली समूहलाई ‘भुइँको टिप्न खोज्दा पोल्टाको पोखिएको’ जस्तो भएको नेकपाका नेताहरू बताउँछन् । यसअघि माधव नेपालसमूहसँग मिलेर मुख्यमन्त्री शाहीसँग बार्गेनिङ पावर बढाउने र अन्तिममा पूर्वमाओवादी केन्द्रसँग लाभ साझेदारी गर्दै आइरहेको थियो ।

यसपटक नेपाल समूह चलाख निस्कियो । ओली समूहसँग मिलेर आफ्नो बार्गेनिङ पावर बढायो । किनारमा पुर्‍याइएको नेपाल समूह एकाएक शक्तिमा देखा पर्‍यो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही पक्षसँग पद बार्गेनिङ गरेर सचेतक हात लगाइसकेको छ । तीनवटा मन्त्री दिने पूर्वसमझदारी कायम नभए, असोज २५ को पुनरावृत्ति हुने चेतावनी पनि दिएको छ । दसैंपछाडि मन्त्रिपरिपरिषद् पुनर्गठन गर्ने र चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापा मन्त्री नियुक्त गर्ने महेन्द्रबहादुर शाहीबाट आश्वासन पाएको छ । प्रचण्डपनि यसमा कन्भिन्स छन् ।

मुख्यमन्त्रीविरुद्धको असफल ‘कु’ले ओली समूह भने बिलखबन्दमा परेको छ । शाहीलाई पाखा लगाएर मुख्यमन्त्री बन्ने सपना पालेको ओली समूहले पोल्टामा रहेको मुख्य सचेतक पद गुमाएपछि कर्णाली प्रदेशमा थप रक्षात्मक बन्न पुगेको छ ।

शुक्रबार दलको बैठक राखेर मुख्यमन्त्रीले विश्वासको मत लिएपछि ओली हतास बनेको नेपाल समूहका नेताहरू बताउँछन् ।

“प्रधानमन्त्री आत्तिएको देख्दा कर्णाली प्रदेशको असर अन्यत्र पनि पर्ने देखिन्छ,” नेपाल समूहका एकजना नेता भन्छन्, “प्रधानमन्त्रीले अनधिकृतरूपमा पत्र लेख्नुभएको छ । प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्रीलाई राजनीतिक निर्देशन दिन मिल्दैन ।”

पार्टी अध्यक्षको हैसियतले हो भनेर तर्क गर्दा पनि ओली पत्र लेख्ने (कार्यकारी अधिकार) अधिकार उनीमा नरहेको ती नेता जिकिर गर्छन् । प्रधानमन्त्रीको पत्र संविधानसँग सङ्गति नमिल्ने उनी बताउँछन् ।

“कर्णाली प्रदेशले आफ्नो संसदीय अधिकार उपयोग गरेपछि यसको असर अन्यत्र पर्छ भन्ने उहाँलाई लागेको हुनुपर्छ,” उनी भन्छन् । स्रोतका अनुसार प्रचण्ड–नेपाल समूहले वागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव तयारी हालतमा राखेका छन् । 

यस वर्षको बजेटका प्राथमिकतामा पार्टी, सांसदहरूले दिएको सुझाव नसमेटिएपछि पूर्वमाओवादी केन्द्र र साविक एमालेका नेपाल पक्षधर सांसदहरूले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेका थिए । त्यसमा मन्त्रीहरू नै संलग्न थिए । उनीहरूले आ–आफ्ना पक्षका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएका थिए । 

७९ सांसदमध्ये ४८ जनाको हस्ताक्षर रहेको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए । त्यतिबेला पार्टी केन्द्रमा विवाद चर्किइरहेकाले माथिबाटै नेता –प्रचण्ड र नेपाल)हरूले अविश्वासको प्रस्ताव स्थगित गर्न निर्देशन दिएपछि रोकिएको उनको भनाइ छ ।

“त्यतिबेला उहाँहरूले माथि विवाद मिलाउँदै छौं । तल त्यसो गर्दा पार्टीमा विभाजन आउनसक्छ भनेपछि रोकिएको हो,” उनले बाह्रखरीसँग भने ।

प्रचण्ड–नेपाल समूहले फेरि त्यो प्रस्ताव अघि बढाउन सक्ने ओलीको आशंका छ ।

त्यस्तै प्रदेश नम्बर १ मा पनि मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविश्वासको प्रस्ताव तयार पारेर राखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । कर्णाली प्रदेशले बाटो खोलिएकाले ती प्रदेशहरूमा पनि प्रक्रिया अघि बढ्न सक्ने ती केन्द्रीय सदस्य बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro