site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
तेजस्वी-तेजप्रताप यादवमाथि हत्या आरोप, ६ जनामाथि मुद्दा दर्ता
Sarbottam CementSarbottam Cement

एजेन्सी । राष्ट्रिय जनता दलका नेता तथा बिहारका पूर्व उप-मुख्यमन्‍त्री तेजस्वी यादव र उनका दाइ एवं पूर्वमन्‍त्री तेजप्रताप यादवसहित ६ जना विरुद्ध हत्या आरोपमा मुद्दा दर्ता गराइएको छ ।

तेजस्वीसहित ६ जनामाथि पार्टीका एक पूर्वनेता शक्ति मलिकको हत्या आरोपसहित बिहारको पूर्णिया जिल्लामा प्राथमिकी (एफआईआर) दर्ता गराइएको बीबीसीले समाचारमा जनाएको छ । मलिकको हत्या आइतबार बिहान भएको थियो । उनी राष्ट्रिय जनता दलका आरक्षिततर्फको जाति-जनजाति विभागका सचिव रहीसकेका थिए । तेजस्वी-तेजप्रताप तथा राष्ट्रिय जनता दलका तर्फबाट यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

पूर्णियाका प्रहरी प्रमुख विशाल शर्माका अनुसार, मृतक शक्ति मालिककी पत्‍नी खुशबु देवीको बयानका आधारमा ६ जनाविरुद्ध एफआईआर दर्ता गरिएको हो । त्यहाँको प्रहरीले यसबारे थप जाँच गरिरहेको जनाइएको छ ।

एफआईआरमा अनिलकुमार साधु, कालु पासवान, सुनीता देवी र मनोज पासवानको नाम समावेश गरिएको छ ।

Global Ime bank

अनिलकुमार लोक जनशक्ति पार्टीका वरिष्ठ नेता एवं केन्द्रीय मन्‍त्री रामविलास पासवानका ज्वाइँ हुन् । साथै उनी आरक्षित जाति-जनजातितर्फका पूर्णिया जिल्ला अध्यक्षसमेत हुन् ।

शक्ति मलिकका नजिकमा मानिसहरुको दाबी यो छ कि मलिकले अररिया जिल्लाको रानीगन्ज विधानसभा क्षेत्रबाट सोही पार्टीको उमेदवारका लागि टिकट मागिरहेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC