site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिण कोरियाका अधिकारीलाई उत्तर कोरियाली सेनाद्वारा गोली हानी हत्या
Sarbottam CementSarbottam Cement

सिओल । दक्षिण कोरियाले आफ्ना एक सरकारी अधिकारीलाई उत्तर कोरियाका सैनिकहरूले गोली हानी हत्या गरेको र उनीहरुको शव जलाएको दाबी गरेको छ । 

दक्षिण कोरियाली रक्षा मन्त्रालयले यस घटनाको निन्दा गर्दै 'क्रुर कार्य' को संज्ञा दिएको छ । ती कर्मचारी दुई देशको जलसीमा नजिकै गस्ती गर्ने एउटा डुंगाबाट बेपत्ता भएका थिए । उनीहरुको शव जलेको अवस्थामा उत्तर कोरियाको भेटिएको थियो । 

मन्त्रालयले भनेको छ, "उत्तरका सैनिकले दक्षिण कोरियाका अधिारीहरुलाई गोली हानेको अनि शरीरमा तेल खन्याएर आगो लगाइदिएको छ ।" देशमा कोरोना भाइरस प्रवेश गर्न नदिने उद्देश्यले 'गोली हानेर हत्या' गर्ने नीति लागु गरेको अनुमान गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो आरोपबारे प्योङ्याङले कुनै प्रतिक्रिया दिएको छैन । उत्तर कोरियाले आफ्नो सीमामा समेत कडाइ गरेको छ । 

दक्षिणको रक्षा मन्त्रालयका अनुसार ४७ वर्षीय ती अधिकारी माछा मार्ने मामिला हेर्ने विभागमा कार्यरत थिए । यन्प्युङ टापु नजिकै उत्तर कोरियाको सीमाभन्दा १० किलोमिटर टाढा डुंगामा गस्ती गरिरहेको बेला सोमवार उनी हराएका थिए ।

Global Ime bank

जुत्ता छोडेर लाइफ ज्याकेट लगाएर उनले डुंगा छोडेको जस्तो देखिएको दक्षिणका अधिकारीहरूले बताएका छन् । उनले देश छोडेर भाग्न खोजेको अनुमान गरिएको छ । उत्तर कोरियाको गस्ती टोलीले उनलाई आफ्नो जलसीमाभित्र थकित अवस्थामा फेला पारेको सोलको भनाइ छ ।

उत्तरमा वरिष्ठ अधिकारीले उनलाई मृत्युदण्डको आदेश सुनाउनुअघि उनीसँग सोधपुछ गरिएको थियो । सैनिकहरूले ग्यास मास्क लगाएर उनको शव जलाइदिएको दक्षिणका अधिकारीहरूले बताएका छन् ।

कोरोना भाइरसविरुद्ध चालिएको उपायअन्तर्गत त्यसो गरिएको हुनसक्ने उनीहरूको अनुमान छ ।

सोलस्थित बीबीसी संवाददाता लोरा बिकरका अनुसार आफ्नो देशमा कोरोना भाइरस महामारी नफैलियोस् भनेर उत्तर कोरियाली अधिकारीहरूले सबै खालका उपाय अवलम्बन गरिरहेको हुनसक्छ ।

कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर भनेर प्योङ्याङले जनवरीमा नै चीनसँगको सीमा बन्द गरेको थियो । जुलाईमा संकटकालीन अवस्थालाई अधिकतम तहमा पुर्‍याइएको सरकारी सञ्चारमाध्यमले बताएका थिए । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC