site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेलाडी वर्गीकरणमा झेल, स्पिनर ललित राजवंशी केन्द्रीय सम्झौतामा अटाएनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलोपटक महिला खेलाडीहरूलाई आफ्नो केन्द्रीय सम्झौतामा राख्यो । तीन ग्रेडमा वर्गीकरण गर्दै १९ महिला खेलाडीलाई पहिलोपटक केन्द्रीय सम्झौतामा समावेश गरेको हो । योसँगै महिला खेलाडीहरुले पहिलोपटक क्यानबाट मासिक तलब पाउनेछन् ।

यससँगै क्यानको बोर्ड बैठकले पुरुष राष्ट्रिय टोलीका १८ खेलाडीको २०२० को नयाँ केन्द्रीय सम्झौतासमेत गरेको थियो । तर, क्यानले मंगलबार सार्वजनिक गरेको पुरुष खेलाडीको नयाँ सम्झौताको चर्को आलोचना भएको छ ।

राष्ट्रिय टोलीका स्पिनर वसन्त रेग्मीलाई सन् २०१९ को वर्गीकरणमा ग्रेड ‘बी’ मा राखिँदा जसरी आलोचना भएको थियो, त्यसैगरी वसन्तलाई २०२० को वर्गीकरणमा ‘ए’ ग्रेडमा राख्दा पनि क्यान आलोचित हुन पुगेको छ । पछिल्लो सम्झौतामा क्यानले वसन्तलाई ‘ए’ ग्रेडमा राख्नुपर्ने अवस्थामा ‘बी’ ग्रेडमा राखेर गल्ती गरेको थियो । तर, नयाँ सम्झौतामा पछिल्लो गल्तीलाई सुधारेको भन्दै पुनः गल्ती गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो एक वर्षको प्रदर्शनका आधारमा खेलाडीको केन्द्रीय सम्झौताको वर्गीकरण गर्नुपर्ने क्यानले आफ्नालाई काखा र पराइलाई पाखा गरेको जस्तो देखिएको छ । वसन्त सन् २०१९ को जुलाईपछि टोलीमा छैनन् । उनले पछिल्लोपटक सिंगापुरमा जुलाईमा भएको आईसीसी विश्वकप एसिया टी-ट्वान्टी छनोट खेलेका थिए । सन् २०१९ मा ६ खेल मात्र खेलेका वसन्तले ९ विकेट लिएका थिए ।

क्यानले खेलाडीको ग्रेड निर्धारणका लागि भन्दै कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले खेलाडीको वर्षभरीको प्रदर्शनका आधारमा वर्गीकरण गर्नुपर्ने हो । यता क्यान पनि गहिरो अध्ययनपछि खेलाडीको प्रदर्शनका आधारमै वर्गीकरण सार्वजनिक गरिएको दाबी गर्छ ।

Global Ime bank

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीको प्रदर्शनकै आधारमा खेलाडी वर्गीकरण गरेको जनाएका छन् । तर, उनले वर्गीकरणमा परेको खेलाडीको प्रदर्शन घरेलु प्रतियोगितामा उच्च रहेको बताए । “समितिको सिफारिसमा खेलाडीको वर्गीकरण सार्वजनिक गरेका हौं,” क्यानका अध्यक्ष चन्दले भने, “खेलाडीहरूको प्रदर्शनलाई आधार मानेरै वर्गीकरण भएको हो । वर्गीकरणमा परेका खेलाडीले घरेलु प्रतियोगितामा राम्रो गरेकाले उनीहरूलाई केन्द्रीय सम्झौतामा राखिएको हो ।”

त्यसो भए स्पिनर बलर ललित राजवंशीको प्रदर्शनलाई क्यानले आफ्नो केन्द्रीय सम्झौतामा सम्झनलायक ठानेन । यसअघि ‘बी’ ग्रेडमा रहेका राजवंशी यसपटक भने क्यानको सम्झौतामा अटाउन सकेका छैनन् । सन् २०१९ मा नेपालले खेलेका प्रायः सबै खेलमा सहभागिता जनाएका राजवंशी सम्झौतामा नअटाउनु आफैंमा आश्चर्यजनक छ । उनले सन् २०१९ मा १८ अन्तर्राष्ट्रिय खेल खेल्दै १५ विकेट लिएका थिए । तर क्यानले २०१९ मा कुनै प्रतियोगिता नै नखेलेका ओपनर विकेटपिकर ब्याट्सम्यान सुवास खकुरेल र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई ‘सी’ ग्रेडमा राखिएको छ ।

त्यस्तै यसअघि ‘ए’ ग्रेडमा रहेका तीव्र गतिका ओपनर बलर सोमपाल कामीलाई ‘बी’ मा झार्दा, ‘बी’ मा रहेका डेथ ओभरका सफल तीव्र गतिका बलर अविनाश बोहरा ‘सी’ मा परे । नयाँ सम्झौतामा ‘सी’ ग्रेडमा राखिएका बोहरा गत वर्ष नेपाली टोलीका प्रमुख खेलाडी थिए । उनले २०१९ मा यूएईविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गर्दै १७ खेलमा १६ विकेट लिएका छन् । 

यता ‘ए’ बाट ‘बी’ मा पुगेका सोमपाल कामी सन् २०१९ मा टोलीमा मुख्य खेलाडी थिए । नेपाललाई यूएईविरुद्धको एकदिवसीय र टी-ट्वान्टी सिरिज जिताउन अलराउन्ड प्रदर्शन गरेका सोमपालले पछिल्लोपटक एमसिसीसँगको प्रथम श्रेणी खेल खेलेका थिए । ढाडको समस्याका कारण उनले सन् २०२० मा घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिज गुमाएका थिए ।

क्रिकेट खेलाडीको नयाँ सम्झौताको चौतर्फी आलोचना भएपछि यस विषयमा पुनर्विचार गर्न सकिने क्यानका अध्यक्ष चन्दले बताए । “हामीले खेलाडीको वर्गीकरण सार्वजनिक गर्दा धेरै कमेन्ट्सहरू आएका छन् । यसको विषयमा केही सोच्न सकिन्छ । त्यसैले त्यसमा पुनर्विचार गर्ने पाटो अझै खुला छ,” उनले भने, “केही कमी-कमजोरी भए होलान्, हामी स्वीकार गर्छौं । यसका लागि यी सबै विषयमा छलफल गर्ने बाटो अझै खुला छन् ।”

क्यानले वसन्तलाई बढुवा गर्दै कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, विनोद भण्डारी, शरद भेषावकर, करन केसी र दीपेन्द्र ऐरीलाई ‘ए’ ग्रेडमा राखेको छ । घटुवा गर्दै ‘बी’ ग्रेडमा सोमपाल कामीसहित सुशन भारी, आरिफ सेख र पवन सर्राफलाई मात्र समेटेको छ ।

यस्तै ‘सी’ ग्रेडमा सुवास खकुरेललाई समावेश गर्दै रोहितकुमार पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल ऐरीलाई राखिएको छ । खकुरेलले विश्वकप लिग-२ मा शरद भेषावकर घाइते हुँदा राष्ट्रिय टिममा मौका पाएका थिए ।

क्यानले सम्झौताबाट ‘सी’ ग्रेडका इशान पाण्डे, कुशल भुर्तेल, प्रदीप ऐरी र राजु रिजाललाई हटाएको छ । यस्तै सन्दीप जोरा पनि क्यानको सम्झौताबाट बाहिरिएका छन् ।

त्यस्तै क्यानले वर्गीकरण गर्दै महिला र पुरुष खेलाडीको पारिश्रमिकमा पनि निकै विभेद गरेको छ । पुरुष टोलीको ‘ए’ ग्रेडमा रहने खेलाडीले ५० हजार तलब पाउँदा महिला खेलाडीको भने तीन गुणा कम छ । पहिलोपटक क्यानको सम्झौतामा रहेका महिला खेलाडीको ‘ए’ ग्रेडमा रहनेलाई मात्र १५ हजार रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै ‘बी’ ग्रेडमा रहने पुरुष खेलाडीले ४० हजार र ‘सी’ ग्रेडमा रहने खेलाडीले ३० हजार प्राप्त गर्नेछन । तथा महिलातर्फ भने ‘बी’ ग्रेडमा रहने खेलाडीले १२ हजार र ‘सी’ ग्रेडमा रहने खेलाडीले १० हजार प्राप्त गर्ने क्यानले निर्धारण गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC