site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
देशभर शो बढाउँदै ‘बोक्सीको घर’, क्यूएफएक्सले दियो ८५ शो 

काठमाडौं । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले चलचित्र ‘बोक्सीको घर’लाई शो थपेको छ । शुक्रबार अधिकांश हलमा हाउसफुल भएपछि क्यूएफएक्सले आज (शनिबार)का शो थपेको हो । 

आज ‘बोक्सीको घर’ले क्यूएफएक्समा ८५ शो पाएको छ । काठमाडौंमा ४० र मोफसलमा ४५ शो पाएको हो । 

अग्रिक बुकिङ खोल्दा क्यूएफएक्सले काठमाडौंमा २४ र मोफासलमा ३२ गरि जम्मा ५६ शो उपलब्ध गराएको थियो । शुक्रबार यो सिनेमाले ललितपुरको लाबिम, काठमाडौंको सिभिल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्सले उपलब्ध गराएका अधिकांश शो हाउसफुल भएका थिए । अन्य हलमा पनि धेरै शो हाउसफुल भए । हाउसफूल नभएका हलमा पनि उच्च अकुपेन्सीमा सिनेमा चलेको थियो ।

Dabur Nepal
NIC Asia

ललितपुरको लाबिममा ९ वटा शो पाएको सिनेमाले सिभिल महलमा ८ शो पाएको छ । 

शुक्रबार राम्रो ब्यापार गरेपछि क्यूएफएक्सले शनिबार शो बढाएको हो । 

नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १८ शोबाट बढाएर २६ शो पुर्याएको छ । 

अन्य हलले पनि शो बढाएका छन् ।  शो बढेको र बुकिङ पनि राम्रो देखिएकाले ‘बोक्सीको घर’ले आज आक्रामक कलेक्सन गर्ने देखिएको छ । 

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा केकी अधिकारी मुख्य भूमिकामा छिन् । 

थ्रिलर जनरामा निर्माण भएको चालचित्रले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गरेको छ । महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमाले कथा भन्छ । 

केकी अधिकारी फिल्मस्को प्रस्तुति निर्माण भएको सिनेमामा निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

लोचन रिजालको ब्याकग्राउन्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले चलचित्र वितरण गरेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro