site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना सङ्क्रमित एक युवकको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सप्तरी । सप्तरीको खडक नगरपालिका ३ का ३५ वर्षीय मिर्गौला रोगबाट पीडित एक पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।

एक वर्षदेखि मिर्गौला रोगबाट पीडित युवकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस  लिइरहेका थिए । सातामा दुईपटक नियमित डायलासिस गरिरहेका युवकमा उच्च रक्तचापको पनि समस्या रहेको चिकित्सकले बताएका छन् । 

मिर्गौला रोगबाट पीडितसहित ६ जनाको सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय पुरुषको अवस्था सिकिस्त बन्दै गएपछि मङ्‍गलबार राजविराजस्थित अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले जानकारी दिए ।
 
युवकको बिहान मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । जसमध्ये एक महिला छन् । मृतक पुरुषको शव धरानमा छ । खडक नगरपालिकाको एम्बुलेन्सले धरानबाट शव ल्याएपछि नेपाली सेनाले शवको व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिए । -रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC