site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 निषेधाज्ञामा यस्तो देखियो उपत्यका (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ । 

निषेधाज्ञाका क्रममा अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले गएराति १२ बजेदेखि लागु हुने गरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेको थियो ।

निषेधाज्ञा भदौ १० गते राति १२ बजेसम्म कायम हुनेछ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ ।  कोभिड-१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उक्त आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘निषेधाज्ञा मिच्नुलाई बहादुरी नसम्झौं, घरमै बसौँ’ 

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् ।     

निषेधाज्ञामा काठमाडौं उपत्यकामा देखिएका तस्बिरहरु बाह्रखरीका फोटो पत्रकार सुनील प्रधानको लेन्सबाट यस्तो देखियो । हेरौं थप तस्बिर :

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement