site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा 

काठमाडौं ।  एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरुलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ ।

यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएका प्रिपेड ग्राहकहरुले १ दिन अर्थात २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । कम्पनीले यो सुविधा पुष १ गतेबाट दिन थालेको हो ।

समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क कर सहित रु ५० रहेको छ । ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा उठाउँन सक्छन् ।

यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले *९९८८*४# डायल लिन सक्छन् । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ । 

कर सहितको सेवा शुल्क रु २.४८ र १ दिने अनलिमिटेड डेटाको रु ५० गरि ब्यालेन्स रिचार्ज गर्दा कुल रु ५२.४८ काटिन्छ । सिम लिएर सेवा लिन थालेको कम्तिमा ३० दिन भएका ग्राहकहरुले यो डेटा सापटी लिन सक्छन् । 

अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरु हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ । एनसेलले यो अनलिमिटेड डेटा बाहेक रु ४० ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ ।    

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro