site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेसबुकले रोक्यो प्यालेस्टिनी क्षेत्रका समाचार

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार सामाजिक सञ्जाल फेसबुकले प्यालेस्टिनी क्षेत्रका समाचारलाई ठूलो संख्यामा पाठक र श्रोतासम्म पुग्नबाट रोकेको छ ।  तथ्यांक विश्लेषणअनुसार प्यालेस्टिनी क्षेत्र(गाजा र वेस्ट बैंक)का समाचार संस्थाले फेसबुकमा सेयर गरेका समाचारको पहुँच(रिच) उल्लेख्य मात्रामा घटाएको बीबीसीले बताएको छ ।

फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाबाट लिक भएका कागजातहरूको अध्ययन गरेको बताउँदै बीबीसीले २०२३ को अक्टोबरपछि प्यालेस्टाइनी क्षेत्रका फेसबुक र इन्स्टाग्राम प्रयोकर्ताले गर्ने कमेन्टहरूमासमेत अत्यधिक मोडरेसन गरेको छ ।

तर, मेटाले भने आफूले जानाजान कसैको आवाज नदबाएको दाबी गरेको छ । मेटा–स्वामित्वमा रहेको फेसबुकले प्यालेस्टाइनी क्षेत्रबाट चल्ने समाचार आउटलेटहरूको सामग्रीको पहुँच सीमित पार्दै आएको बीबीसीको भनाई छ ।

इजरायल प्यालेस्टाइन युद्ध सुरु भएसँगै प्यालेस्टाइन टीभी, वाफा समाचार एजेन्सी र प्यालेस्टिनी अल–वाटान, वेस्ट बैंक क्षेत्रबाट संचालित, सम्पूर्ण विश्वका लागि प्यालेस्टाइनी समाचार हेर्ने महत्वपूर्ण स्रोत बने ।

प्यालेस्टिनी क्षेत्रबाट चल्ने २० वटा प्रमुख समाचार संस्थाहरुको फेसबुक इगेजमेन्ट डेटा विश्लेषणका आधारमा यस्तो निष्कर्ष निकालेको हो । बीबीसीको अरबी सेवाले ७ अक्टोबर २०२३ मा इजरायलमा हमासको आक्रमण हुनुभन्दा एक वर्षअघि र एक वर्षपछि पछिको तथ्यांक विश्लेषण गरेको थियो ।

तर, ७ अक्टोबरमा हमासले इजरायलमा गरेको हमलापछि प्यालेस्टाइन केन्द्रित समाचार संस्थाहरुको रिच र इगेजमेन्ट बढ्नुको सट्टा ७७ प्रतिशतले घट्यो ।

प्यालेस्टाइन टीभीको फेसबुकमा ५८ लाख फलोअर्स छन् । प्यालेस्टाइन टीभीमा काम गर्ने पत्रकारले दिएको तथ्यांकअनुसार उनीहरूको पोस्ट हेर्ने व्यक्तिको संख्यामा ६० प्रतिशतले कमी आएको देखिन्छ ।

च्यानलमा काम गर्ने पत्रकार तारिक जियाले भने, “प्रयोगकर्ताको अन्तरक्रियामा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । जसका कारण हाम्रा पोष्टहरू मानिसहरूसम्म पुग्न छाडेका छन् ।”

बीबीसीले यही अवधिका २० वटा इजरायली समाचार संस्थाको फेसबुक डेटा समेत विश्लेषण गरेको थियो । 

समाचार अनुसार ७ अक्टोबर २०२३ को हमास आक्रमण अगाडिको एक वर्ष र आक्रमण पछाडिको एक वर्षमा प्यालेस्टाइन क्षेत्रका समाचारको फेसबुकमा रिच ७७ प्रतिशतले घट्दा इजरायली समाचार संस्थाको भने ३७ प्रतिशतले बढ्यो ।

मेटाका एकजना कर्मचारीसँग गरेको कुराकानी अनुसार हमासले आक्रमण गरेको एकहप्ता पछि मेटाले इन्स्टाग्रामको एल्गोरिदममा परिवर्तन गर्‍यो । 

परिवर्तित एल्गोरिदमले इन्स्टाग्राम प्यालेस्टाइनीहरूप्रति आक्रामक बनायो । अर्थात् प्यालेस्टाइनले गरेका पोष्ट र कमेन्टहरूमाथि अत्यधिक मोडरेसन सुरू भयो ।  तर, मेटाले भने घृणा फैलाउने सामग्री रोक्नका लागि आफूले यस्तो गरेको बताएको छ ।
 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro