site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आफन्तबाटै बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया सरिता 

काठमाडौं । धादिङ गजुरी गाउँपालिका–४ की १७ वर्षीया किशोरी सरिता नैकापको विष्णुदेवी शिक्षा सदन माविमा कक्षा १० मा पढ्दै थिइन् । 

तर, मंसिर अन्तिम सातादेखि भने उनी एक्कासी कक्षामा हाजिर हुन छाडिन् । स्कुललाई लागेको थियो, उनी घरायसी समस्याले स्कुल आउन नसकेकी होलिन् । उता सरिताका परिवारलाई स्कुल गइरहेकी होलिन् भन्ने लागेको थियो । 

सतुङगल–४ खरिबोटस्थित कोठा भाडामा बस्दै आएका सरिताका दाइ एक हप्ताअघि मात्रै वैदेशिक रोजगारीका लागि विदेश उडेका थिए । दिदी आफन्तको घर बस्न गएका कारण सरिता कोठामा एक्लै थिइन् । 

सरिताकी दिदी मंसिर ३० गते कोठामा पुग्दा बाहिरबाट चाबी लागेको थियो । सरिताको मोबाइलमा फोन गरिन्, मोबाइल अफ थियो । सरिताकी दिदीलाई लाग्यो, कामले बाहिर गएकी होलिन् । कोठा फर्किन्छन् नै ।

तर, सरिता अबेर हुँदा समेत कोठमा फर्किइनन् । मोबाइल बन्द थियो । सरिताको दिदीको मनमा चिसो पस्यो । सोधीखोजी गर्न लागिन् । कसैले सरिताबारे पत्तो दिएनन् । भोलिपल्ट स्कुल पुगिन् । स्कुलमा हाजिर नभएको खुलेपछि उनी प्रहरी गुहार्न पुगिन् । उनीसँगै सरिताका दाइ नाता पर्ने नवीन रूम्बाले सोमबार प्रहरी वृत्त थानकोटमा सरिता हराएकोबारे निवेदन दिएका थिए । प्रहरीले उनको खोजी थाल्यो ।

प्रहरीले बुधबार दिउँसो कोठाको चाबी फोडेर कोठाभित्र हेर्न खोज्यो । कोठा दुर्गन्धित थियो । प्रहरीले सरिताको शव कोठाभित्रै रहेको अनुमान लगायो । खोजतलास गर्दा सरिताको शव कोठाभित्र खाटमुनि फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको आंशका गर्दै अनुसन्धान तीव्र पार्‍यो ।

बाहिरबाट चाबी लगाएको अवस्थामा खाटमुनि शव फेला पर्नुले हत्या हो भन्नेमा प्रहरीलाई शंका थिएन । उनको मोबाइल पनि हत्या गर्नेले लगेको अनुमान प्रहरीले लगायो । उनको मोबाइलमा पछिल्लो समय भएका फोन नम्बरबारे विश्लेषण गर्‍यो ।

२४ घण्टाभित्र आरोपी पक्राउ

घटनाको अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्राविधिक विश्लेषणका आधारमा आरोपीलाई पक्राउ गर्न सफल भएको हो । प्रहरी परिसरको विशेष टोलीले बधुबार राति साढे नौ बजे धादिङ गजुरी गाउँपालिका–३ का २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गर्न सफल भएको हो ।

उनलाई काठमाडौं महानगरपालिका–१४ स्वीचाटार खड्का गाउँबाट पक्राउ गरिएको परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए । 

मृतक किशोरी सरिता र आरोपी विश्वास समेत चिनजानकै हुन् । उनीहरू आफन्त समेत भएको प्रहरीले जनाएको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार, विश्वासले बलात्कारपछि सरिताको हत्या गरेको खुलेको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने, ‘‘सरिता र विश्वास चिनजानकै हुन् । विश्वास यसअघिसमेत सरिताको कोठामा आउने जाने गर्दा रहेछन् । मंसिर २८ गते पनि त्यसैको निरन्तरता देखिन्छ । त्यो राति शारीरिक सम्पर्कपछि हत्या गरेको देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’’

आरोपी विश्वासले शारीरिक सम्पर्कपछि विवाद हुँदा हत्या गरेको प्रहरीको बयानमा स्वीकार समेत गरेको ती प्रहरी अधिकारीले बताए ।  परिसरका एसपी अधिकारीले भने मृतकको पोस्टमार्टम रिपोर्ट आउन बाँकी भएकाले बलात्कारबारे पुष्टि हुन बाँकी रहेको जानकारी दिए । 

प्रहरीले आरोपी विश्वासको कोठाबाट मृतकको मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका आरोपी विश्वास विवाहित पुरुष हुन् । सामान्य ज्याला मजदुरी गर्ने उनकी श्रीमती पाँच महिना अघिमात्रै वैदेशिक रोजगारीका लागि कुवेत गएको खुलेको छ । उनीमाथि थानकोट प्रहरीले थप अनुसन्धान सुरू गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro