site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनालाई बायर्नको चुनौती
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस ला लिगा क्लब बार्सिलोना र जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख आज (शुक्रबार) राति भिड्दै छन् । च्याम्पियन्स लिगअन्तर्गत क्‍वार्टर फाइनलमा बार्सिलोना र बायर्न आज राति भिड्न लागेका हुन् । पोर्चुगलस्थित लिस्बनमा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ । 

बार्सिलोना १३औं पटक च्याम्पियन्स लिगको क्‍वार्टर फाइनल खेल खेल्न लागेको हो । २०१४-१५ को सिजनपछि युरोपियन कप जित्‍न नसकेको बार्सिलोना यस सिजन बायर्नलाई पराजित गर्दै अघि बढ्न चाहन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

घरेलु लिगको उपाधि दौडमा सफल हुन नसकेको बार्सिलोना यस सिजन च्याम्पियन्स लिग जित्दै सफल सिजन बनाउन चाहन्छ । बार्सिलोनालाई आफ्नो सफल सिजन बनाउन निकैनै दबाब छ । पछिल्लो खेलहरूमा खासै प्रदर्शन गर्न नसकेको बार्सिलोनालई त्यति सजिलो भने छैन ।

हेड टु हेडलाई हेर्ने हो बार्सिलोनाभन्दा बायर्न बलियो देखिएको छ । पछिल्लो १० खेलको नतिजा हेर्दा बार्यनले ६ खेल जितेको छ भने बार्सिलोनाले मात्र दुई खेल जितेको छ । दुई खेल बाराबरीमा रोकिएका छन् । 

Global Ime bank

बार्सिलोनाका लागि मुख्य खेलाडी कप्तान लियोनल मेस्सी हुन भने यता बायर्नका लागि रोबर्ट लेवान्डोवस्की हुन् । निकै नै लयमा देखिएका लेवान्डोवस्की बार्सिलोनालाई पराजित गर्ने सामर्थ्य राख्छन् । बार्सिलोना भने मेस्सीमा प्रेरित छ ।

“मलाई लाग्छ कि यो एक समान खेल हो । यस खेलबाट हामीले धेरै कुरा भन्‍नुपर्नेछ,” प्रशिक्षक सेटिनले भने, “यो एक ठूलो प्रतिद्वन्द्वीविरूद्धको महत्त्वपूर्ण खेल हो । हामी दुई उत्कृष्ट टोलीहरू हौं र पहिचानको आधारमा खेल्न चाहन्छौं । मेस्सीले खेल जित्न मद्दत पुर्‍याउन सक्छ, तर म सधैं टिमको बलमा विश्वास गर्दछु । अन्य खेलाडीले उनलाई सहयोग पुर्‍याउनु पर्नेछ । किनभने मेस्सी पनि अन्य खेलाडीहरू जस्तै बलविना कमजोर छन् ।”

बार्सिलोनाले शीर्ष १६ मा इटालियन क्लब नेपोलीलाई पराजित गर्दै क्‍वार्टर फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै बायर्नले प्रिमियर लिग क्लब चेल्सीलाई पराजित गर्दै शीर्ष आठमा स्थान बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC