site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राम मन्दिरको भूमि पूजनमा सहभागी महन्तलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था बिग्रिँदै
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासको स्वास्थ्य अवस्था बिग्रिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार महन्त गोपाल दासमा कोरोना संक्रमण देखिएको छ । यूपीका मुख्यमन्त्री आदित्यनाथ योगीले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

उत्तर प्रदेशका चिफ मेडिकल अफिसरलेले यूपीका मुख्यमन्त्री योगीले मथुराका डिस्ट्रिक मजिस्ट्रेट (डीएम) र मेदान्ता अस्पतालका डाक्टर त्रेहानसँग कुराकानी गरेर महन्त गोपाल दासका लागि सम्भव रहेका सबै चिकित्सकीय सुविधाहरु उपलब्ध गराउन निर्देशन दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कृष्ण जन्माष्टमीभन्दा अगावै महंत नृत्य गोपाल दास मंगलवार बेलुकी मथुराको सीता–राम आश्रम पुगेका थिए । यसअघि उनी अयोध्यामा सम्पन्न राम मन्दिर भूमि पूजन कार्यक्रममा सहभागी भएका थिए ।

उक्त कार्यक्रममा महन्त प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशकी गवर्नर आनन्दी बेन पटेल, मुख्यमन्त्री योगी र राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक मोहन भागवतका साथ मञ्चमा उपस्थित थिए । - बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC